jhapaonline add

झापा, १९ जेठ । ‘रुखहरूको जीवित सङ्ग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरू लोप हुने खतरामा पुगेका छन् । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जङ्गलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व सङ्कटमा छन् । यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो । नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन् । जसमध्ये १५५ वटा अर्थात एक चौथाइ प्रजातिका रुखहरू जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा।लिलानाथ शर्माले बताए । धेरै प्रजातिको रुख पाइएकाले यस जङ्गललाई “रुखहरूको राजधानी” पनि भनिन्छ । समुन्द्र सतहबाट ७०…

Read More

झापा, १९ जेठ । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण चैते धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो । पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै कृषक शिवकुमारी मैनालीले एकै रातमा सबै धान सर्लक्कै सुकेर भुससरह भएको बताउनु भयो । फसल भित्र्याउने बेलामा रोगले धान सबै सुकेपछि ठूलो नोक्सानी भएको कृषक सुशीला काफ्लेले बताउनुभयो । नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि…

Read More

शिवसताक्षी, १९ जेठ । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे जानकारी दिन एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार शिवसताक्षी नगरपालिकाको आयोजनामा तथा भूमि समस्या समाधान आयोग झापा जिल्लाको समन्वयमा कार्यक्रम अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया, स्थानीय तह र जिल्ला आयोगको भूमिकाबारे जानकारी दिइएको थियो । भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यका अनुसार आयोगले झापाको बुद्धशान्ति, कनकाई, शिवसताक्षी र दमक नगरपालिकामा भूमिहिन नागरिकलाई धनीपूर्जा वितरणको काम अघि बढाएको छ । हाल बुद्धशान्ति र कनकाई नगरपालिकामा करिब ५ सय धनीपूर्जा वितरणको तयारी भइरहेको छ । कनकाईमा…

Read More

झापा, १९ जेठ । झापाको मेचीनगरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तेह्रथुम ओयाक्जुङ गाउँपालिका–५ (नेलई) का २८ वर्षीय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति ९ बजे मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडि भारती शंकास्पद तरिकाले हिँड्डुल गरिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट एक १ हजार दरको एक सय थान नोट फेला पारेको थियो । पक्राउ परेका भारतीलार्इ मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत खोटाचलन कसुरमा आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको…

Read More

भापा, १९ जेठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।

Read More

सन्तोष शर्माझापा, १९ जेठ । झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम् समर्थन मूल्य पाएका छैनन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू दुई हजार आठ सय ६९ पैसा तोकेको थियो । तर, झापाका कृषकले प्रतिक्विन्टल रू एक हजार सात ५० मा चैते धान बेचिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य…

Read More

झापा, १९ जेठ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जेठ १९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । कार्यालय भवन, सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा उहाँले वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरुसहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा उहाँले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुसाशित भई आफ्नो पदीय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्धिमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीरुलाई निर्देशन दिनुका…

Read More

झापा, १९ जेठ । सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । आज बिहान यातायात व्यवसायीहरू गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकानारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरूसँग वार्तामा बसेका थिए । आजै पुनः यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरू भएको छ। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात…

Read More

झापा, १९ जेठ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैङ्क निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो । जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको…

Read More

राजेश ढुंगानाथाहा छ र हो पनि, लोकतन्त्रको विकल्प सक्रिय राजतन्त्र वा जनगणतन्त्र जस्ता कुनै पनि अप्रजातान्त्रिक र तानाशाही शासन प्रणाली हुन सक्तैन । तर, लोकतन्त्र समाप्त हुनसक्ने भ्रम र खतराको निरन्तर त्रास देखाएर सदैवका निमित्त अनियमितता र भ्रष्ट शासनका लागि छुट लिइरहने ? हाम्रो लोकतन्त्र राष्ट्र र जनताका लागि त हुन सकेन, सकेन । केवल दलका लागि समेत हुन सकेन । दलका नेतृत्व‌मा बसेका केही व्यक्ति र तिनीहरूका आसेपासेहरूका लागि मात्र भयो; उनीहरू अनुचित र अनियमित तवरले लाभान्वित भइरहेछन् । यसरी केही स्वार्थी झुण्डको स्वार्थपूर्तिको साधन मात्र भयो– हाम्रो लोकतन्त्र ! लोकतन्त्रमा राजनीतिक नेतृत्व‌लाई जनताले आँखामा हाल्दा जनताको आँखा रत्तिभर…

Read More