jhapaonline add

कञ्चनपुर, २३ असार । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायको भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउ अब स्वादभन्दा पनि सम्झनामा सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष प्रशस्तै पाइने यो मौसमी च्याउ अहिले दुर्लभ बन्दै गएको छ। स्थानीय हवलदार चौधरीका अनुसार, “वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, तर अहिले त्यो दृश्य विरलै देखिन्छ।” वन प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख अवस्थामा पुगेको छ। सामुदायिक वनमा अनुमति आवश्यक र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत च्याउ भेट्न छाडेका छन्। स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकी थारु समुदायमा झोलयुक्त तरकारीदेखि अचार, सेकुवा,…

Read More

झापा, २३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी…

Read More

बिर्तामोड, २२ असार । पत्रकार अम्बिका भण्डारी एक लाख राशिको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन् । नारी सञ्चार गृह झापाले आज आयाजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख १ हजार रहेको छ । प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गरेकी थिइन् । पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भण्डारीलाई सम्मान गरिएको हो । राष्ट्रिय समाचार समिति झापाकी विशेष समाचारदाता, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष, प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।…

Read More

बिर्तामोड, २२ असार । कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा ममता ताजपुरिया राजबंशी चयन भएकी छन् । शनिबार दमकमा सम्पन्न अधिवेशनबाट ममता अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र राजबंशी, उपाध्यक्षमा क्रमश: सुलोचना राजबंशी, तारा ओझा राजबंशी, आसिराम राजबंशी, महासचिवमा पुकारचन्द्र सिंह राजबंशी, उपमहासचिवमा क्रमश: मनोज कुमार राजबंशी, अत्यानन्द राजबंशी, प्रल्हाद चन्द्रबंशी र कोषाध्यक्षमा हिरा राजबंशी सहित ६५ सदस्यीय समिति चयन भएको हो | त्यसैगरी ईन्चार्जमा पुर्ण प्रसाद राजबंशी, सह-ईन्चार्जमा क्रमश: कृति कुमार राजबंशी, रणकुमार राजबंशीलाई जिम्मेवारी तोकिएको निर्वाचन समितिका संयोजक बिश्वनाथ राजबंशीले जानकारी दिए | नयाँ समिति लाई प्रमुख अथिति तथा पार्टीका केन्द्रिय सदस्य साबित्री कुमार काफ्ले…

Read More

बिर्तामोड, २२ असार । नेपाली कांग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबीचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस अर्जुनधारा नगरसमितिको आज बसेको आकस्मिक बैठकले नेकपा एमालेसंगको राजनीतिक संयन्त्रमा अबउप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । सरकार संयुक्त भएपनि एमालेले एकलौटी शासन चलाई नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए । नेकपा एमालेका नेताहरुले बोलीमा एउटा कुरा र ब्यवहारमा अर्कै काम गर्दै आएपछि दुईदलको जिल्लास्तरीय राजनैतिक संयन्त्रको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन । पछिल्लो समय अर्जुनधारा ५…

Read More

बिर्तामोड, २२ असार । बिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामाकोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको समिक्षा गरिएको हो । कार्यक्रममा महिला बालबालिका शाखाकी अधिकृत पुष्पा कार्कीले कार्यक्रमको प्रगति प्रस्तुत गर्नु भयो । उहाँले विभिन्न स्वास्थ्य केन्द्रबाट गर्व रहनु पूर्व १ सय जना र गर्व पश्चात २ सय ४७ जनालाई फोलिक एसिड चक्की वितरण गरिएको जानकारी दिनुभयो । अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण, घरमै पुगेर तथ्याङ्क संकलन,…

Read More

बिर्तामोड, २२ असार । बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सम्मानित विद्यार्थीहरूमा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला, वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुइँटेल र अश्विन लुइँटेल, वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल, वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदयप्रसाद सिवाकोटी रहेका छन् । उनीहरूका साथै…

Read More

झापा, २२ असार । बुद्धशान्ति गाउँपालिका–३ स्थित सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ । २०७२ असार २२ गते साँझ ७ बजेतिर उनी आफ्नै खेतमा रोपाइँ गर्न घरनजिकको पैनीबाट मोटर सेट प्रयोग गरी पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि तुरुन्तै बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको भए पनि चिकित्सकले साँझ ७ः१५ बजे उनलाई मृत घोषणा गरेका छन् । उनको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको जनाइएको छ ।

Read More

बिर्तामोड, २२ असार । बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीहरूलाई विभिन्न सिलाई तथा प्याकेजिङ उपकरणहरू हस्तान्तरण गरेको हो। गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ब्याग सिलाउने मेसिन ४ थान, इन्टरलक मेसिन ४ थान, पिको मेसिन १ थान र हेवी सिलाई मेसिन ८ थान वितरण गरिएको हो । उद्यमशिलता तालिम लिएका महिलाहरुलाई व्यवसाय सञ्चालनमा स्थानीय तहको तर्फबाट साझेदारीमा सहयोग उपलव्ध गराएको सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । ससर्त अनुदानबाट १ लाख ४० हजार, आन्तरिक स्रोतबाट १ लाख ६० हजार र उद्यमी महिलाहरुको १ लाख ७…

Read More

कचनकवल, २२ असार । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गरेको छ। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले वर्षभरिका गतिविधि र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गरिन्। कार्यपत्र अनुसार पालिकाले अपाङ्गता रोकथामका लागि नवविवाहित दम्पतीलाई शुभकामना कार्ड वितरण, स्वास्थ्यकर्मी तालिम, नवजात शिशुमा स्क्रिनिङ, जन्मदोष पहिचान, फोलिक एसिड वितरण, र विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ। पुनर्स्थापनातर्फ अपाङ्गता भएका व्यक्तिहरूको प्रोफाइल तयार पार्ने, सहायक सामग्री वितरण, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, सीपमूलक तालिमजस्ता कार्यक्रममार्फत सामाजिक–आर्थिक सशक्तिकरणमा योगदान पुगेको बताइएको छ। कोशी प्रदेश सरकार, कचनकवल गाउँपालिका…

Read More