झापा, २२ असार । बुद्धशान्ति गाउँपालिका–३ स्थित सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ ।
२०७२ असार २२ गते साँझ ७ बजेतिर उनी आफ्नै खेतमा रोपाइँ गर्न घरनजिकको पैनीबाट मोटर सेट प्रयोग गरी पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तुरुन्तै बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको भए पनि चिकित्सकले साँझ ७ः१५ बजे उनलाई मृत घोषणा गरेका छन् ।
उनको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको जनाइएको छ ।
Facebook Comments Box


