jhapaonline add

सन्तोष शर्माझापा, १४ जेठ । इलामको रोङ गाउँपालिका यति बेला चर्चामा छ । कृषि क्षेत्रमा गरिएका कामका कारण रोङ यतिबेला चर्चामा रहेको हो । कृषिलाई समृद्धिको सारथिको रुपमा लिएर गाउँपालिका तीन खम्बे कृषि नीतिका साथ अघि बढेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउनुहुन्छ । कृषि नीतिमा उत्पादन, प्रशोधन र बजारीकरणलाई राखिएको उहाँले बताउनुभयो । “अहिले उपभोक्ता ब्राण्डका पछि दौडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रा उत्पादनलाई ब्राण्डिङ गर्न जरुरी छ ।” रोङ गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादनलाई ‘रोङ’ नामले ब्राण्डिङ थालिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो । गाउँपालिकाले अहिले कृषकले उत्पादन गरेको उत्पादनलाई प्रशोधन गरेर बजारीकरण गरिरहेको छ । चिया, गुन्द्रुक, करेला, बेसार, सिस्नो,…

Read More

झापा, १४ जेठ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ वर्षीय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मंगलबार राति दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ स्थित घरमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको…

Read More

कुखुराजस्तै देखिने होआट्जिन चरालाई संसारकै सबैभन्दा दुर्गन्धित पक्षी मानिन्छ । यो एकमात्र यस्तो चरा प्रजाति हो जसले आफ्नो खाना पेटमा कुहाएर अर्थात फर्मेन्टेसन गराएर पचाउँछ । वास्तवमा यसको यहीँ अनौठो पाचन प्रणालीले यसलाई संसारको सबैभन्दा दुर्गन्धित चरा पनि बनाएको छ। होआट्जिन एक अत्यन्तै अनौठो चरा हो । यो अमेजन क्षेत्रका दलदल तथा जलक्षेत्रहमा पाइन्छ । यसको विशेषता यति अनौठो छ कि यसका चल्लाहरूको पखेटामा नै नंग्राहरू हुन्छन्। होआट्जिन करिब ६४ लाख वर्षअघि पृथक रूपमा विकास भएको एक प्राचीन चरा समूहको अन्तिम जिवित सदस्य मानिन्छ। यो चरा शाकाहारी हो र केवल बोटबिरुवामात्र खान्छ । पूर्ण रुपमा शाकाहारी हुनु चराहरूका लागि निकै…

Read More

झापा, १४ जेठ । भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो। पन्जाब, हरियाणा, केरला र तमिलनाडुका केही क्षेत्रमा भने सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। यसपटक भारतमा मनसुन सरदर मितिभन्दा एक हप्ताअघि नै मनसुन सुरु भइसकेको छ। नेपालमा पनि चाँडै मनसुन भित्रिँदै गरेको यहाँका मौसमविद्ले बताएका छन्।

Read More

झापा, १४ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा,…

Read More

झापा, १४ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभयो । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।

Read More

झापा, १४ जेठ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारी छ। यसै क्रममा आज दिउँसो पनि लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ। साथै यस क्रममा देशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपात हुने सम्भावना छ। मौस महाशाखाका अनुसार आज राति बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी…

Read More

झापा, १३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले आज बेलुका एक युवालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागूऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा सवार शिवसताक्षी नगरपालिका–९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बूलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेर शरीर तलासी लिँदा लागुऔषध खैरो हेरोइनजस्तो देखिने प्लाष्टिकबाहेक ४ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको छ ।

Read More

झापा, १३ जेठ । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट ९राहदानी० आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ भने ४ हजार रुपैयाँको ०.१५ केजी बेलायतबाट आयात भएको हो । उक्त परिमााणमा पासपोर्ट आयात हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

Read More

बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ । कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा आज कालो पत्रे सुरु गरिएको हो । भोलिसम्ममा कालो पत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको भएको हो । यस मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भईरहेको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट…

Read More