jhapaonline add

हल्दिबारी, १ जेठ। हावाहुरीले घर भत्किँदा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति हल्बिारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो ।

Read More

झापा, १ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवम् पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”,…

Read More

झापा, १ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै…

Read More

बिर्तामोड, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा भूमि समस्या सहजिकरणका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर तथा वडा स्तरीय सहजिकरण समिति जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि नगरपालिकाले आज अभिमुखिकरण प्रदान गरेको हो । कार्यक्रममा भूमि समस्या समाधान आयोग झापाका विज्ञ सदस्य लक्ष्मी प्रसाद आचार्यले जग्गा प्राप्तिका लागि प्राम्भिक चरण, लगत संकलन र डाटा इन्ट्री, वडाबाट पहिचान र प्रमाणीकरण, पालिकाबाट पहिचान र प्रमाणिकरण, जिल्ला समितीबाट पहिचान र प्रमाणिकरण, जग्गा नाप जाँच र नक्शा प्रमाणिकरण र लालपुर्जा वितरण र श्रेस्ता कायम गरि ७ वटा चरणका विषयमा जानकारी गराउनु भएको थियो । बिर्तामोड नगरपालिकामा आयोगको तथ्याङ्क अनुसार भूमिहिन दलित १९७, भूमिहिन सुकुम्वासी १०२८…

Read More

बिर्तामोड, ३१ बैशाख । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कषक समूहलाई बाख्रा वितरण गरेको छ । मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आज १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ । बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा। नगेन्द्र खड्काले जानकारी…

Read More

झापा, ३१ बैशाख । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०–८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व…

Read More

हल्दिबारी, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा भूमी समस्या सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला आयोग अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका स्वागत तथा औचित्य माथि प्रकाश पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ९महेन्द० पारेका थिए । उनले भूमी सम्बन्धी समस्याका बारेमा हाल भइरहेका गतिबिधी र अब गर्नुपर्ने काम, आएका समस्याहरुको बारेमा छलफल तथा जनप्रतिनिधिहरुले विज्ञ समक्ष प्रश्नहरु राखेका थिए। हल्दीबारी गाउँपालिकामा रहेका सुकुम्बासीहरूको समस्या समाधान, अव्यवस्थित बसोबास, धनी पुर्जा वितरण लगायतका बारेमा विज्ञहरुले प्रष्ट पारेका थिए कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले…

Read More

कनकाई, ३१ बैशाख । झापाको कनकाई नगरपालिका–४ का पाँच परिवार वर्षौंदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने चिन्तामा छन् । कनकाई–४ स्थित कोटिहोम दक्षिण रहेको कविरकुटी नजिकै २०२५ सालदेखि बस्दै आएका उनीहरु विस्थापित हुने चिन्तामा रहेका हुन् । यहाँस्थित धार्मिक संस्था वचन वंशी कविर आश्रमले आफ्नो दाबी गर्दै आएको २ बिगाहा १६ कठ्ठा जग्गामा रामप्रसाद सिटौला, नैनाकला मिश्र, दिनेश मैनाली, देवेन्द्र मिश्र र दयाप्रसाद उप्रेतीको परिवारको बसोबास छ । आश्रम र भोग चलन गर्दै आएका परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको छ । २०२५ सालदेखि आफूहरु बस्दै आएको उनीहरुले न्याय माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेको र अदालतले समेत आफूहरुको पक्षमा फैसला…

Read More

कचनकवल, ३१ बैशाख । कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित कक्षा–१ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरि चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। हाल प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ भने निकट भविष्यमा संस्थागत विद्यालयहरूमा पनि सोही पाठ्यक्रम विस्तार गरिने अध्यक्ष राजवंशीले बताए । गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहमार्फत ूकचनकवल ज्ञानमाला शृङ्खलाू अन्तर्गत तयार गरिएको स्थानीय पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकहरू विमोचन गरिएको हो । उक्त कार्यक्रममा…

Read More

सन्तोष शर्माझापा, ३१ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालित छन् । चालू आर्थिक वर्षमा सडक कालोपत्रे, सिञ्चाई, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका २९ वटा योजना सञ्चालनमा रहेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । “वडाको विकासका लागि संघ र प्रदेश सरकारमा कार्यक्रम लिएर धाइरहेको छु”, वडाध्यक्ष वाग्लेले भन्नुभयो, “आवश्यकता धेरै छन्, प्राथमिकताका आधारमा काम भइरहेको छ ।” कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय योजना सम्पन्नको चरणमा रहेको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ । वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ । सिञ्चाईका लागि एक दर्जन…

Read More