
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिनुभयो । “नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी…
उदयपुर, १६ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा…
विराटनगर, १६ जेठ । झापा, मोरङ र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट जेठ १५ गते लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट उर्लावारी नगरपालिका–४ का २४ बर्षीय प्रसान भण्डारीलाई ब्राउन सुगर ३ ग्राम ३६ मिलिग्राम रर NITRAZEPAM ३५ चक्की सहित, इटहरी उप–महानगरपालिका–२० का ३२ बर्षीय सुबास गुरुङ र २८ बर्षीय भिसन गुरुङलाई ब्राउन सुगर २ ग्राम १६ मिलिग्राम सहित, मोरङको केरावारी गाउँपालिका–८ का २३ बर्षीय राज कुमार भुजेल र १८ बर्षीय युगेश राईलाई ब्राउन सुगर १ ग्राम ९८ मिलिग्राम सहित नियन्त्रणमा…
सुनसरी, १६ जेठ । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । जेठ १५ गते प्रदेश १.०२.००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका–११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्यािउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा–२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी…
मोरङ, १६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ । जेठ १५ गते अपरान्ह जहदा गाउँपालिका–२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतो खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खवर इलाका प्रहरी कार्यालय रानीमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी स्थानिय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
काठमाडों, १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ ।
फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आँपका फाइदाहरु के के रहेछन् ? १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ । ४. आँपको सेवनले…
एजेन्सी, १६ जेठ । गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ। बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकाले गरेको नयाँ प्रस्ताव उनीहरूले अस्वीकार गरेका हुन्। हमासले उक्त प्रस्तावले पूर्ण युद्धविरामका लागि आफूहरूले राखेको मूल माग पूरा नहुने बताउँदै अमेरिकाको प्रस्तावमा असहमति जनाएको हो। समय आएपछि यसको जवाफ दिने हमासले बताएको छ। यसअघि बिहीबार अमेरिकाको राष्ट्रपति कार्यालयल ह्वाइट हाउसले इजरायलले अमेरिकी विशेष दूत स्टिभ विटकफको प्रस्तावमा ूहस्ताक्षरू गरेको र अब उनीहरू हमासको प्रतिक्रियाको पर्खाइमा रहेको बताएको थियो। इजरायली मिडियामा आएका रिपोर्टका अनुसार इजरायलका अधिकारीहरूले यस प्रस्तावमा ६० दिनको युद्धविराम र इजरायली जेलमा…
झापा, १६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् । शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे । चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।
काठमाडौँ, १६ जेठ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए । चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ । आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।