
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ जेठ । प्रगतिशील पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ। प्रेस सेन्टर नेपालले देशैभर आफ्नो शाखा कार्यालयमा उनको २३औं स्मृति दिवस मनाएको हो । झापाको बिर्तामोडमा पनि प्रेस सेन्टर नेपाल झापाले स्व. इच्छुकको स्मृति दिवस मनाइएको छ । गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राईले कृष्ण सेन जनपक्षीय पत्रकारको सूत्रधार भएको बताए । उनले नेपाली जनताको जिउने आधारका विषयमा त्यो बेला नै इच्छुकले आफ्ना कलममार्फत जनतालाई सुसूचित गराएको स्मरण गरे । इच्छुकले सुन्दर नेपाल र शान्त नेपाली हुनका लागि…
भद्रपुर, १३ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई महासंघका झापा सचिव राजु पाठकको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख पोखरेलले नगरका तर्फबाट गर्न सकिने कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, कार्यसमिति सदस्यहरु सन्तोष शर्मा, द्रोण अधिकारी, इशा प्रधानसहितको टोलील बुझाएको ज्ञापन पत्रमा पालिकामा सञ्चार सम्बन्धी आवश्यक नीति तथा सबै कानूनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय (जिल्लाभित्रका) सञ्चारमाध्यमलाई उपलब्ध गराउनु…
झापा, १३ जेठ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् । आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो । नागरिक सचेत भए घेरै घटना रोक्न सकिने जनाइएको छ । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको…
झापा, १३ जेठ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिएको भन्दै संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने जनाएको छ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहेकाले त्यसको विरुद्ध खुलेरै लाग्ने मोर्चाका झापा अध्यक्ष एलपी पालुङ्वाले बताउनुभयो । जेठ १२ गते बसेको संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो सचिवालय बैठकबाटै त्यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै, जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई र जिल्ला सल्लाहकारमा प्रेम घिसिङ मनोनयन गरिएको उहाँले बताउनुभयो । यस्तै, मोर्चाले संगठन विस्तारमा निरन्तरता दिँदै हल्दिबारी गाउँपालिकामा जेठ २५ गते, भद्रपुर नगरपालिकामा जेठ अन्तिम हप्ता र बिर्तामोडमा असार ५ गते…
चितवन, १३ जेठ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन…
सन्तोष शर्माझापा, १३ जेठ । झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । विसं. २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाबाट एक जनाको हालसम्म पत्ता लाग्न सकेको छैन । बाढीका कारण विसं. २०७५ मा १ जना, २०७६ मा १० जना, २०७७ मा २१ जना, २०८० मा ५ जना र २०८१ सालमा ९ नौ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्यांक छ । बाढीका…
झापा, १३ जेठ । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज बिहान आगलागी हुँदा एक महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा बाह्रदशी गाउँपालिका–५ घोडामार टोलकी ५० वर्षीया विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्किएर आगलागी भएको थियो । आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा हातमा जलेर घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । उक्त आगोलागीबाट विद्युतीय मोटर, कुटी काट्टने मेसिन सामान्य जलेको छ ।…
सन्तोष शर्माझापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कन्काई नदीको पूर्वी तहमा विद्युतीय शवदाह ग्रृह निर्माण शुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पूर्वाधार निर्माण पछि अन्य उपकरण लागत प्रदेश सरकारबाट प्राप्त हुने नगरप्रमुख पोखरेलले बताउनुभयो । करिब रू एक करोड ५० लाखको लागतमा शवदाह गृह निर्माण हुने उहाँले बताउनुभयो । विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणका लागि सात सदस्यीय उपभोक्ता समिति र सात सदस्यीय अनुगमन समिति गठन गरी धमाधम काम शुरु गरिएको छ । कनकाई नगरपालिकाको रू १५ लाख र उपभोक्ता समूहको तर्फबाट रू…
मकवानपुर, १३ जेठ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो । घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने…
झापा, १३ जेठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका…