
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चितवन, १३ जेठ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन…
सन्तोष शर्माझापा, १३ जेठ । झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । विसं. २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाबाट एक जनाको हालसम्म पत्ता लाग्न सकेको छैन । बाढीका कारण विसं. २०७५ मा १ जना, २०७६ मा १० जना, २०७७ मा २१ जना, २०८० मा ५ जना र २०८१ सालमा ९ नौ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्यांक छ । बाढीका…
झापा, १३ जेठ । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज बिहान आगलागी हुँदा एक महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा बाह्रदशी गाउँपालिका–५ घोडामार टोलकी ५० वर्षीया विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्किएर आगलागी भएको थियो । आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा हातमा जलेर घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । उक्त आगोलागीबाट विद्युतीय मोटर, कुटी काट्टने मेसिन सामान्य जलेको छ ।…
सन्तोष शर्माझापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कन्काई नदीको पूर्वी तहमा विद्युतीय शवदाह ग्रृह निर्माण शुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पूर्वाधार निर्माण पछि अन्य उपकरण लागत प्रदेश सरकारबाट प्राप्त हुने नगरप्रमुख पोखरेलले बताउनुभयो । करिब रू एक करोड ५० लाखको लागतमा शवदाह गृह निर्माण हुने उहाँले बताउनुभयो । विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणका लागि सात सदस्यीय उपभोक्ता समिति र सात सदस्यीय अनुगमन समिति गठन गरी धमाधम काम शुरु गरिएको छ । कनकाई नगरपालिकाको रू १५ लाख र उपभोक्ता समूहको तर्फबाट रू…
मकवानपुर, १३ जेठ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो । घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने…
झापा, १३ जेठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका…
झापा, १२ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत आज चार वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदैछ । आज महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा शुरु गरिएको ज्ञापनपत्र कनकाई र अर्जुनधारा नगरका नगर प्रमुखहरुलाई बुझाइएको थियो । कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । आज महासंघका अध्यक्ष एकराज…
शिवसताक्षी, १२ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो । वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि वडाले कम्तिमा पनि वर्षको एक पटक सार्वजनिक सुनुवाई गर्दै आएको वडाध्यक्ष बहादुर आङ्गबोले बताए । ‘वडाले सञ्चालन गरेका हरेक योजना वडाबासीले जानकारी पाउनु उहाँहरुको अधिकार हो । उनले भने त्यसैले वडामा संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा…
इलाम, १२ जेठ । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा ९मेची करिडोर० सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उहाँले बताउनुभयो । बेलिब्रिज ४८ दशमलव ६ मिटर ९१६० फिट० लम्बाइको हुनेछ । निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । “बेलिब्रिजको सबै सामान ल्याएर जडान…
विराटनगर, १२ । मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरुद्वारा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत गरेका छन् । सोही अवसरमा उद्योग व्यपार संघकाका पदाधिकारीले वर्तमान शान्ति सुरक्षा लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अनिल कुमार साह तथा उपाध्यक्ष बिकास कुमार बेगवानी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रूकेश तण्डुकार तथा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक अनमोल खड्कालाई समेत स्वागत गर्नुका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गरेको थियो…