
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ जेठ । आज (जेठ १९ सोमबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा हिमपात हुने सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित…
झापा, १८ जेठ । राजावादीको प्रदर्शनमा निषेधित क्षेत्र तोड्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा भएका छन् । थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए। परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक ७ जनालाई रिहा गरिएको हो। रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन् । पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो। कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद…
सङ्खुवासभा, १८ जेठ । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो । बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त…
झापा, १८ जेठ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।
झापा, १८ जेठ । दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ । गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–१४ धाइजन चोकस्थित पुर्व–पश्चिम लोकमार्गमा धुलाबारीबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाँउपालिका–५ की २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता सामान्य घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार दनुवारको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो मृत्यु भएको हो ।…
झापा, १८ जेठ । झापाको बिर्तामोडमा फष्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । बिर्तामोड–१ स्थित निर्माणाधीन कार्यालयमा परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बिर्तामोडबाट फष्ट स्टेप इजुकेशनलले सेवा प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो । काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले चाँडै झापाको बिर्तामोडबाट सेवा शुरु गर्ने भएको हो । “काठमाडौंमा हुँदा देखि नै मैले झापाबाट धेरै विद्यार्थी भर्ना गराएको छु”, उहाँले भन्नुभयो, “हामी सबै सर्टिफाइ छौं, झापाबाट पनि राम्रो काम गरेर फस्ट स्टेपप्रतिको विश्वास अझ बढाउँदै लैजाने छौं ।” https://www.youtube.com/watch?v=0aUTIs5AMTA&t=81s आफूहरुसँग १७ वर्ष लामो अनुभव भएको बताउनुहुँदै फस्ट स्टेपबाट…
इटहरी, १८ जेठ । कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोसीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो । सप्तकोसीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताउनुभयो । उहाँले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराउनुभयो । आरक्षका अनुसार गङ्गा सागरबाट…
झापा, १८ जेठ । गत शुक्रवारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एजेन्सी, १८ जेठ । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । २१ वर्षीया ओपल अन्तर्राष्ट्रियसम्बन्धी विद्यार्थी हुन् । अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र एशियाबाट थाइल्यान्डबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा दोस्रो नम्बरमा इथियोपियाकी हैसेट देरेज र तेस्रो नम्बरमा मार्टीनिककी आरेली योहाचिम थिइन् । ७ मे मा शुरू भएको प्रतियोगिता ३१ मे अर्थात् हिजो मिस वर्ल्ड चुनेर समापन भएको छ । नेपालबाट सृच्छा प्रधानले मिस…
काठमाडौँ, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए । उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छोरी देश बाहिर रहेकाले भोलि (सोमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।