jhapaonline add

कोकिला भण्डारीधनकुटा, २३ वैशाख । धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै, भोजपुर षडानन्द नगरपालिका १३ का अर्का घाइते वर्ष ५८ का लिलाबहादुर श्रेष्ठको पनि उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा…

Read More

झापा, २३ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । गत आइतबार प्रतितोला सुन रु एक लाख ८४ हजार १०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९१० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

कटारी (उदयपुर), २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भन्नुभयो, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभयो । रासस

Read More

सृजन अधिकारीपछिल्लो समय निराश रहेका जनतामा एउटा आशाको किरण झल्काउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली नितान्त फरक छ। राजनीतिक पार्टी राजनतिक बिचार पद्धति द्वारा संचालित हुने गर्द छ। प्रजातान्त्रिक अभ्यास, सुधारीएको संघिय लोकतान्त्रिक बेवस्था, जनता बाट निर्वाचित हुने परिपाटी लाइ रास्वपाले गत निर्वाचन मार्फत अभ्यास गरिसकेको छ। गत निर्वाचनमा संसदमा प्रवेश गरे संगै संसदमा जनताको पक्क्ष्यमा रास्वपाले आवाज बुलन्द गरिरहेको छ। रस्वपा किन पनि फरक छ भने तत्कालिन समानुपातिक संसद ढाका कुमार श्रेष्ठलाइ मेडीकल ब्यवाशाइ दुर्गा प्रसाई सगको अनैतिक आथिक लेनदेनको बिषलाइ लिएर ७२ घण्टा भित्र कारबाही गरेर अन्य पार्टी भन्दा अलग रहेको पहिचान स्थापित गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका…

Read More

गाईघाट, २३ बैशाख । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् । हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कंदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर…

Read More

झापा, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। युरो र पाउन्डको विनियमदर हिजो पनि घटेको थियो। अस्ट्रेलियन डलरको मूल्य भने आज पनि बढेको छ। अस्ट्रेलियन डलरको मूल्य हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर…

Read More

झापा, २३ बैशाख । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ देखि सन् २०२३ सम्म ७८ प्रतिशतले घटेको पाइएको हो । “बाल स्वास्थ्य कार्यक्रमले नै सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ जना प्रतिहजार जीवित जन्मबाट २६ जनाभन्दा बढीमा घटाउन सफल भयो”, गौतमले भन्नुभयो, “यो सरकारको ठूलो सफलता हो ।…

Read More

दार्चुला, २३ बैशाख । माथिबाट खसेको ढुंगाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हो । लेकम–५ स्थित चौपातामा सोमबार सामाजिक विकास कार्यालयले आयोजनाको गरेको शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापा बताउनुभयो । ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।

Read More

झापा, २३ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश…

Read More

चन्द्र बस्नेतकनकाई, २३ बैशाख । झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ । महिलाहरूले आत्मनिर्भरसहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सञ्चालन होस भन्ने उद्देश्यले तालीम दिन दिन थालिएको हो । नगरपालिका विभिन्न वडा तथा नगरबाट नै महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बजेटको व्यवस्थापन गर्दै सबै जस्तो वडा कार्यालयले यस्तो तालीमलाई प्राथमिकता दिएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । कनकाई वडा नं. ७ मा उद्घोषण तथा माइन्युट लेखन, वडा नं. ४ मा ४५ दिने सिलाई कटाइ तालीम, कनकाई वडा नं. ३ मा नगरपालिकाको सम्वन्यनमा र घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा ४५ दिने ढाका…

Read More