दार्चुला, २३ बैशाख । माथिबाट खसेको ढुंगाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हो ।
लेकम–५ स्थित चौपातामा सोमबार सामाजिक विकास कार्यालयले आयोजनाको गरेको शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापा बताउनुभयो ।
ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।
Facebook Comments Box


