jhapaonline add

तपाईँ संगीतको पक्कै पारखी हो नी ? किनभने एउटा स्वस्थ व्यक्तिले संगीत मन नपराउने भन्ने प्रश्नै हुँदैन । यद्धपी कुन प्रकारको संगीत बढी मन पर्छ भन्ने कुरा भने आ– आफ्नो रुचीको विषय हुने भो । हामीले यसपटक संगीत र यसको स्वास्थ्यलाई पार्ने सकारात्मक प्रभावबारे कुरा गर्दैछौ । भर्खरै भएको एक अनुसन्धानले संगीत मनको लागि मात्रै नभई मस्तिस्क र शरीरको लागि पनि उत्तिकै महत्वपूर्ण हुने देखाएको छ । अनुसन्धानमा यदि सर्जरी गरेको व्यक्तिलाई संगीत सुनाई दिए उ नियमित समय भन्दा धेरै छिटो निको हुने समेत दावी गरिएको छ । त्यसमा भनिएको छ सर्जरी गरेका विरामीमध्ये जो धेरै गीत संगीत सुन्छ उनीहरुको…

Read More

विराटनगर, २३ वैशाख । ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा–८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ । सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका–३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले लागी घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको…

Read More

विराटनगर, २३ वैशाख । सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका–३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट बेलबारी नगरपालिका–४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

Read More

पोखरा, २३ वैशाख । पोखरामा एक अधबैँसे पुरुषले कान्छी श्रीमतीको कायरतापूर्ण हत्यापछि आफूले पनि आत्महत्या गरेका छन्। घटना सोमबार दिउँसोको हो। पत्नीको हत्या गर्ने व्यक्ति पोखरा–१७ बिरौटाका ५७ वर्षीय ऋषिराम बराल हुन्। उनको हातबाट ३७ वर्षीया देवी पराजुली बराल मारिएकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुईवटा घरबार गरेका ऋषिरामले कान्छी श्रीमती देवीसँग झगडा परेपछि धारिलो हतियार प्रयोग गरे। अनि त्यतिले नपुगेर मेडासिड नामक विषादी पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ। घटनालगत्तै सो स्थानमा पुगेका तथा अनुसन्धानका जिम्मेवारी लिएका वडा प्रहरी कार्यालय वैदामका डीएसपी सन्तोष निरौलाका अनुसार घटनाको जानकारीपछि प्रहरी टोली पुग्दा श्रीमान–श्रीमती दुवै रगताम्मे अवस्थामा थिए। श्रीमतीको अनुहारमा चोट थियो…

Read More

झापा, २३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दै छन् । मुम्बइको वानखेडे स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । ११ खेलमा १४ अङ्क रहेको मुम्बई लिग तालिकामा तेस्रो स्थानमा छ । १० खेलमा १४ अङ्क रहेको गुजरात नेट रनरेटका आधारमा चौथो स्थानमा छ । आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु १६ अङ्कसहित शीर्ष स्थानमा छ । यसअघि हिजो दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले १–१ अङ्क बाढेका छन् । यो नतिजासँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । दिल्ली १३ अङ्कसहित लिग तालिकाको…

Read More

कोकिला भण्डारीधनकुटा, २३ वैशाख । धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै, भोजपुर षडानन्द नगरपालिका १३ का अर्का घाइते वर्ष ५८ का लिलाबहादुर श्रेष्ठको पनि उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा…

Read More

झापा, २३ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । गत आइतबार प्रतितोला सुन रु एक लाख ८४ हजार १०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९१० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

कटारी (उदयपुर), २३ वैशाख । कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भन्नुभयो, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभयो । रासस

Read More

सृजन अधिकारीपछिल्लो समय निराश रहेका जनतामा एउटा आशाको किरण झल्काउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली नितान्त फरक छ। राजनीतिक पार्टी राजनतिक बिचार पद्धति द्वारा संचालित हुने गर्द छ। प्रजातान्त्रिक अभ्यास, सुधारीएको संघिय लोकतान्त्रिक बेवस्था, जनता बाट निर्वाचित हुने परिपाटी लाइ रास्वपाले गत निर्वाचन मार्फत अभ्यास गरिसकेको छ। गत निर्वाचनमा संसदमा प्रवेश गरे संगै संसदमा जनताको पक्क्ष्यमा रास्वपाले आवाज बुलन्द गरिरहेको छ। रस्वपा किन पनि फरक छ भने तत्कालिन समानुपातिक संसद ढाका कुमार श्रेष्ठलाइ मेडीकल ब्यवाशाइ दुर्गा प्रसाई सगको अनैतिक आथिक लेनदेनको बिषलाइ लिएर ७२ घण्टा भित्र कारबाही गरेर अन्य पार्टी भन्दा अलग रहेको पहिचान स्थापित गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका…

Read More

गाईघाट, २३ बैशाख । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् । हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कंदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर…

Read More