विराटनगर, २३ वैशाख । ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ ।
वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा–८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।
सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका–३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले लागी घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।


