
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माभद्रपुर, २६ जेठ । झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट संघीय सरकारले विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । नगरप्रमुख गणेश पोखरेल भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको संग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रंगशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू…
बाजुरा, २६ जेठ । बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९सय ९९ रुपैयाँ बराबरको क्षतिको विवरण सङ्कलन भएको बताउनुभयो । आगोले २० वटा पसल पूर्ण रूपमा र १४ पसल आंशिक रुपमा जलेका छन् । आगलागीपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाले एकरएक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्त, विभिन्न निकायबाट…
झापा, २४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम…
झापा, २४ जेठ । आज वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन…
कनकाई, २४ जेठ । कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् । स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् । घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आजै…
झापा, २४ जेठ । आज शनिबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेशलगायत देशका पहाडी…
नकुल काजीयस भू–खण्डका जम्मा ४६ देशहरूमध्ये नागरिकबाट सबभन्दा बढी शीर्षकीय कर उठाउने हाम्रै नेपाल हो भनेर तत्सम्बन्धी जानकारहरू भन्छन् । उनीहरूका अनुसार, करको जम्मा उठ्तीको लगभग ८५ प्रतिशत चालू खर्च (तलब, भत्ता, सुविधा, भ्रमण, मसलन्द इत्यादि)मा जाने गरेर बढीमा १५ प्रतिशत मात्र जनआवश्यकताका काम (विभिन्न योजना)मा लगाइने गरिँदो रहेछ । त्यसो भए, अहिले देशको उपल्लो दुत्कृतिमा निफन्निरहेको ‘नीतिगत भ्रष्टाचार’को विषय उठानमा परोक्षतः त्यही १५ प्रतिशतको भित्र्यांश चिथरिएका घिनौला घटनाहरूप्रतिको आक्रोश निहीत छ त ? मूलतः शासक र शासित दुई खण्डमा विभक्त आजको नेपाली समाजमा शासक खण्डकाहरूलाई यो यथार्थको भलिभाँती जानकारी त होला नि ? र, त्यसबाट जोगिन उनीहरूले भ्रष्टाचारका गौंडाहरूमा…
दमक, २३ जेठ । झापाको दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा माओवादी केन्द्र दमकले वृक्षारोपण गरेको छ । दमक नगरपालिकाले फोहोर फाल्दै आएको उक्त स्थानमा माओवादी केन्द्र दमक नगर कमिटीले दुई हजार फलफूलका विरुवा रोपेको हो । माओवादीले गत वर्षदेखि सुरु गरेको वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै वृक्षरोपण गरेको हो । गत वर्षदेखि सुरु भएको वृक्षरोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको माओवादी केन्द्र दमकले जनाएको हो । माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए । उनका अनुसार यस वर्ष पनि १७…
झापा, २३ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आठ जनाबाट ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्दै आएका ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्दै आएका ३४ वर्षीय मोहन पोखरेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै…
बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भएको आगलागीमा परी १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र १७ घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो । आगलागीबाट ठूलो क्षति भए पनि क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरी प्रमुख हवारीले बताउनुभयो । सुरक्षाकर्मी र स्थानीयहरूको प्रयासमा आज साँझ आगलागी नियन्त्रणमा आएको हो । आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएको छ ।