बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ ।
बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भएको आगलागीमा परी १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र १७ घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो ।
आगलागीबाट ठूलो क्षति भए पनि क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरी प्रमुख हवारीले बताउनुभयो । सुरक्षाकर्मी र स्थानीयहरूको प्रयासमा आज साँझ आगलागी नियन्त्रणमा आएको हो । आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएको छ ।
Facebook Comments Box


