
ओखलढुंगा, ३० साउन । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्।
प्रहरीका अनुसार साउन ३० गते बिहान करिब ११ः३० बजे तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।
प्रहरी टोलीले तामाङलाई भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


