
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
गोरखा, ११ बैशाख । भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरूको उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ वर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ । आरूघाट गाउँपालिका बस्ने ३७ वर्षकी एक महिलालाई विगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाई निज र निजकी १५ वर्षकी छोरी तथा छोरीका १५ वर्षका साथीहरू समेतलाई भारततर्फ लैजाँदै गरेको थाहा पाएलगत्तै प्रहरीले उद्धार प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । ग्लुस्टिक प्याकेजिङ गर्ने काममा लगाइदिने, काम सजिलो, तलब पनि धेरै हुने भन्दै लोभ्याएर लैजाँदै…
चन्द्र बस्नेतकनकाई, ११ चैत । झापाको कनकाई नगरपालिकामा एक दर्जनभन्दा बढी सडकको निर्माण कार्य धमाधम भइरहेको छ । नगरका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी सडक निर्माणको काम धमाधम भइरहेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो । नगरका विभिन्न स्थानमा स्तरीय कालोपत्रे र पेबर्स सडकहरु निर्माण भइरहेका हुन् । कनकाई नगरपालिका–२ मा जामुनखाडी चोकबाट वनपथ मार्ग हुँदै बायोग्यास प्लान्टसम्म पुग्ने सडकमा १ हजार ४सय ५६ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पेबर्स लगाउने कार्य भइरहेको छ । संघीय पूर्वाधार निर्माण अन्तरगत ३ करोड रुपैयाँ लागत रहेको उक्त सडकको निर्माण युनिक कन्ट्रक्सन प्रालि इटहरीले गरिरहेको छ । त्यसैगरी कनकाई वडा…
झापा, ११ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको…
झापा, ११ बैशाख । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका सदश्य डा प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताउनुभयो । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उहाँको भनाइ छ । “आयोजना बैङ्क…
झापा, ११ बैशाख । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको बताए । बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।
झापा, ११ बैशाख । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।’ निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल…
झापा, ११ बैशाख । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता…
शिवसताक्षी, १० बैशाख । झापा शिवसताक्षीका ५ वटा वडाका किसानलाई प्रतिव्यक्ति ५० हजार बराबरको पशु तथा सामाग्री वितरण गरिएको छ । मिसियो जर्मनीको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा कारितास नेपाल द्वारा गाई, सुगुरका पाठा, राँगा, पाडा लगायतका पशु वितरण गरिएको हो । कारितास नेपालले शिवसताक्षी–११ का ४ जनालाई सुगुरका पाठा, वडा नं. ८ मा एक जनालाई गाई र पाडा, वडा नं. १ का एक जनालाई पाडी वितरण गरिएको कारितास नेपालले जनाएको छ । त्यस्तै वडा नं. ७ का नागरिकलाई २ वटा गाई र सुगुरका पाठा वितरण गरिएको कारितास नेपाल शिवसताक्षीका सामाजिक परिचालक चिरन्जिवी लुईटेलले जानकारी दिए । उनले जनही…
झापा, १० बैशाख । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बाबु’ छन् । आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेञ्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनीहरूको बीचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।
झापा, ११ बैशाख । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिएका छन् । उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् ।