झापा, ११ बैशाख । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिएका छन् । उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् ।
Facebook Comments Box

