झापा, १० बैशाख । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बाबु’ छन् । आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेञ्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
उनीहरूको बीचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।
Facebook Comments Box


