jhapaonline add

चन्द्र बस्नेत कनकाई, २६ फागुन । कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मेचीनगरको काँकरभिट्टा महिला फुटबल क्लब  विजयी भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज भएको खेलमा दमकको ध्रुवतारा महिला फुटबल टिमलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्त्तरले पराजित गर्दै मेचीनगरको काँकरभिट्टा विजयी भएको हो । भोलि २७ गते मंगलबारको खेल गौरादह र शिवसताक्षि नगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि…

Read More

भोजपुर, २६ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको छ । भोजपुरको सविक ठुलोदुम्मा गाविस–८ का विजयकुमार राईलाई शान्तकुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएकोमा विजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो । घटना पश्चात तत्काल भागी फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार…

Read More

काँकरभिट्टा, २६ फागुन । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक…

Read More

कनकाई, २६ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुने भएको छ । कनकाई नगरपालिका वडा नं. ७ को आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक‌, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौलाले जानकारी दिनुभयो । कनकाई–७ कालिमुडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई महिला सदस्य अरुणा सुब्बाले आग्रह समेत गर्नुभएको छ ।

Read More

झापा, २६ फागुन । झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas…

Read More

उदयपुर, २६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । फागुन २५ गते दिउँसो प्र १ ०५ ००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिँदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।

Read More

झापा, २६ फागुन । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक…

Read More

झापा, २६ फागुन । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ। महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ। यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ । पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले त्यसमा हस्ताक्षर गरेका छन्। पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका…

Read More

झापा, २६ फागुन । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ। अकल्पनीय मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशङ्का उत्पन्न भएको छ। भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ। नेपालमा लसुनको आयात पाँच वर्षअघि आव २०७६–७७ मा मात्र ३१ करोड रुपैयाँको भएको थियो । यद्यपि, चालु वर्षको पहिलो सात महिनामा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले…

Read More

शिवसताक्षी, २६ फागुन । झापाको पर्यटकीयस्थल दोमुखामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ३ जना महिलालाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी–१० स्थित दोमुखामा भएको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम शिवसताक्षीका कार्यरत तीन विद्यालयका महिला प्रधानाध्यापकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावती, श्रीजंग आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जुकुमारी गौली र जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गीता भट्टराई रहेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेलगायतले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा म्युजिकल चियर, हण्डी फोर, महिला अधिकार सम्बन्धि कविता बाचन प्रतियोगिता भएको…

Read More