
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, २५ फागुन । झापाको कनकाई–७ स्थित दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउण्डेशनले लागु पदार्थ दुव्र्यसनविरुद्ध सचेतनाका लागि एकदिने सडक नाटक ‘पाठशाला’ प्रदर्शन गरेको छ । फक्तालुङ एजुकेशन फाउण्डेशन बिद्यालयको समन्वयमा फक्तालुङ बाल क्लबको आयोजनामा आईतबार नाटक प्रर्दशन गरिएको बिद्यालयका प्रधानध्यापक ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । फक्तालुङ बाल क्लबकी अध्यक्ष सिखा सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर बालकल्याण अधिकारी उपनाथ ढकालको बिशेष आतिथ्य रहेको थियो । स्वागत फक्तालुङ बालक्लबका उपाध्यक्ष अंकुर उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि सिटौला, बालकल्याण अधिकारी ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा फक्तालुङ बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष…
झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित निन्दा खोलाबाट उद्धार गरिएका एक बेवारिसे पुरुषको मृत्यु भएको छ । मानव सेवा आश्रम बाहुनडाँगीका कर्मचारी खगेन्द्र बिकले निन्दा खोलाबाट २०८० असोज २८ गते वतन नखुलेको वेवारिसे पुरुष व्यक्ति ६६–६७ को गिरीराज मानवलाई उद्धार गरी जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ४ स्थित मानब सेवा आश्रममा लगी राखेकोमा आज दिउँसो सोही आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको टोली र प्रहरी चौकी बाहुनडाँगीबाट समेत प्रहरी टोली खटि गई कानुनी प्रक्रिया लगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय…
चन्द्र बस्नेतकनकाई, २५ फागुन । कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता दोस्रो खेलमा कनकाई महिला फुटबल विजयी भएको छ। कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको खेल मैदानमा आजदेखि शुरु भएको खेलमा बुद्धशान्ति महिला फुटबल टिमलाई ५–० गोल अन्त्तरले पराजित गरेको छ । खेल अवधिभर कनकाईका खेलाडीले दबाबमा राखेका थिए । खेलको १७ औं मिनेटमा बुद्धशान्तिकी जर्शी नं. १२ की खेलाडी करुणा राईको आत्मघाती गोलबाट कनकाईले सुरुवाती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा कनकाईकी जर्शी नं. ११ खेलाडी समीक्षा मगरले गोल गर्दै पहिलो हापमा २ गोल गरेको थियो भने दोस्रो हापको ३४, ३६ र ४३ औं…
काँकरभिट्टा, २५ फागुन । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड…
झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिका–४ आमडाँगीमा आगलागी हुँदा घाइते भएका ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागीमा घाइते हुने ५१ बर्षिय बिरेन्द्रराज राई रहेका छन् । गत फागुन ९ गते राति ९ः१० बजेको समयमा मृतक राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा बिरेन्द्रराज राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोली घाइते भएका थिए । घाइते उनको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगेर सामान्य उपचारपछि १०ः०५ बजे आफन्तले थप उपचारको लागि बिराटनगरतर्फ लगेका थिए । गत फागुन २२ गते साँझ ७ बजे घोपा धरानमा लगेर…
बिर्तामोड, २५ फागुन । झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा विर्तामोडमा आयोजित ‘राष्ट्र निर्माणमा रिटर्निको भूमिका, स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । लामो समय विदेशमा बिताएर स्वदेश फर्कदा आफू आबद्ध राजनीतिक दलमा पूर्ववत अवस्थामा फर्कन समस्या हुने, सामाजिक रुपमा घुलमेल हुनै समय लाग्ने, पारिवारिक बेमेल उत्पन्न हुने एवं आर्थिक समस्या समेत झेल्नुपरेको सहभागीले बताएका हुन् । रोजगारी वा अध्ययनका लागि लामो समय विदेश बसेर फर्किएकाहरुको सीप, क्षमता, प्राविधिक…
झापा, २५ फागुन । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित…
काठमाडौँ, २५ फागुन । चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोगितामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । रासस
झापा, २५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर…
झापा, २५ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम…