
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। बुधबार पनि यसको विनिमय दर यत्ति नै थियो। युरोको भने केही घटेर आज १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। बुधबार भने युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा…
झापा, ८ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी…
झापा, ७ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापतिसमेत रहनुभएको उनको बुधबार ५६ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
शिवसताक्षी, ७ फागुन । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुलाको रोग सम्वन्धी स्वास्थ्य शिविर चलाएको हो । स्वास्थ्य शिविरमा ३४ जनाले सेवा लिएको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ । जसमा १८ पुरुष र १६ जना महिला रहेका छन् । संस्थाले शिवसताक्षीमा पायल्स र फिस्टुलाको रोगीहरु रहेका र विभिन्न कारण औषधि उपचार नगराई घरमै बसेका सदस्यहरुलाई सेवा दिएको संस्थाकी व्यवस्थापक देवी दाहालले बताइन् । शिविरमा अभियान क्लिनिक विर्तामोडका प्रमुख डा.प्रदिपकुमार यादवसहितको प्राविधिक टोलीले सहजीकरण गरेको संस्थाले जनाएको छ…
बिर्तामोड, ७ फागुन । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…
झापा, ७ फागुन । झापाका किसानहरूले मल अभाव र कालाबजारी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय, झापामा ज्ञापनपत्र बुझाएका छन् । स्वतन्त्र किसान अभियान्ता मानप्रकाश संग्रौलाको नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा सरकारी अनुदानमा उपलब्ध हुने मल सहज रूपमा पाउन नसकेको र बजारमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो गरिएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सरकारी संस्थाहरू कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ्गमार्फत वितरण गरिने युरिया मलको मूल्य प्रतिबोरा ९०० देखि १००० रुपैयाँ हुनुपर्नेमा १६०० रुपैयाँसम्म विक्री भइरहेको छ। त्यस्तै, डिएपी मलको निर्धारित मूल्य २३०० देखि २४०० रुपैयाँ भए पनि बजारमा २८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। स्थानीय सरकारले मल आपूर्तिको व्यवस्था गर्न नसकेको…
झापा, ७ फागुन । झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा हुन लागेको चारआली म्युजिक फेस्ट २०२५ को तयारी पूरा भएको छ । बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा हुने लागेको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको हो । कार्यक्रमस्थलयमा आज पत्रकार सम्मेलनको आयोजना गरी बज्र इभेन्टले तयारी पूरा भएको जनाएको हो । चारआली म्युजिक फेस्टका फोकल पर्सन मनिष आयोजक कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको बतानउनुभयो । उक्त सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्सको प्रस्तुति रहनेछ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।झापाको बिर्तामोड, धुलाबारी,…
दुर्गापुर, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनले आज वार्षिकोत्सव मनाएको छ । फाउण्डेशनले आज फक्ताङलुङ महोत्सव–२०८१ सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरी १५ औं वार्षिकोत्सव मनाएको हा । विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा फक्ताङलुङ महोत्सव कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूले गर्नुभएको थियो भने विद्यालय परिसरमा स्थापना गरिएको फक्ताङलुङ संग्रहालयको उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद लिम्बूले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । सरकारी…
भद्रपुर, ७ फागुन । झापाको भद्रपुरस्थित मेचीरंगशालामा आजदेखि ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करण शुरु हुँदैछ । आज प्रतियोगिताको पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस पटक मेची रंगशालामा ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’ हुँदैछ । आजदेखि फागुन १६ गतेसम्म आयोजना हुन लागेको दोस्रो संस्करणमा भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुने छन् । गोल्डकपमा तीन विदेशी टिम…
झापा, ७ फागुन । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही…