jhapaonline add

झापा, २४ फागुन । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्। विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक…

Read More

मेष : लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। वृष : घरायसी कार्य अगाडि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ। कतै भ्रमणको योजना पनि बन्नेछ। वैदेशिक लगानी त्यति भरपर्दो रहन्न। मिथुन : दैनिक काम अगाडि बढ्नेछन्। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। कर्कट : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। अधिकार प्राप्तिका…

Read More

झापा, २४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३…

Read More

झापा, २४ फागुन । आज शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ । पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।

Read More

झापा, २४ फागुन । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज दिउँसो मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘वर्षा, हिमपात र चट्याङ्गको प्रभावले…

Read More

झापा, २४ फागुन । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/ZePZURj_HL4?si=3pHmRIEWq4K4fvnb” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Read More

मोरङ, २४ फागुन । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोबाइल खोज तलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरेको छ । माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका–५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइल खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोबाइल, नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोवायल बरामद गरेको छ । मोबाइल चोरीको घटना…

Read More

शिवसताक्षी, २३ फागुन । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शिवसताक्षी – ४ को स्वास्थ्य केन्द्र निशुल्क स्वास्थ्य शिशिर सञ्चालन गरिएको छ । अखिल नेपाल महिला संघ शिवसताक्षीको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् । अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी उपाध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेर सुरु गरिएको स्वास्थ्य शिविरमा ६५ जना सुगर प्रेसर जाँच गरिएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटी सदस्य गोमा रिजालले जानकारी दिइन् । उद्घाटनका क्रममा बोल्दै उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको…

Read More

शिवसताक्षी, २३ फागुन । झापाको शिवसताक्षी ७ फाक्तेवमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले विद्यालयका भौतिक पूर्वाधारहरु शिवसताक्षी नगरका निजी विद्यालयहरु भन्दा स्मार्ट र गुणस्तरीय बनाउने काम भइरहेको जानकारी दिए । बालसेवा शिवसताक्षी नगरको सफलता तर्फ अघि बढिरहेको विद्यालय रहेको छ । उनले यस विद्यालयले संस्थागत विद्यालयहरुले दिएको शिक्षा भन्दा राम्रो र गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । नगरका धेरै विद्यालयहरुले अंङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न सुरु गरेका छन् । यसको अर्थ अब सामुदायिक विद्यालयहरु…

Read More

झापा, २३ फागुन । झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार स्थित महेन्द्र माविको कक्षा–९ मा अध्ययनरत विद्यार्थीले विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी विद्यालय गएका छन् । घटनाबारे विद्यालयको शिक्षक मार्फत इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटि गई विद्यालय पोशाकमा रहेको विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बिर्तामोड–३ का ४६ वर्षीय कुमार बस्नेतलाई नियन्त्रणमा लिएर आज नियन्त्रणमा लिएर अभद्र कसुरमा दिन ५ म्याद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More