jhapaonline add

झापा, ३० माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। अहिले देशको मध्य तथा पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका…

Read More

झापा, ३० माघ । झापाको शिवसताक्षी नगरपालिकामा मंगलबार राति एक महिला मृत अवस्थामा फेलाका छन् । मंगलबार राति ७ः४० बजे शिवसताक्षी नगरपालिका–११ का धर्मराज सेनेहाङ्ग लिम्बूको श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू घरमा एक्लै बस्दै आएकोमा (श्रीमान सिक्किममा रहेको भन्ने बुझिएको) आफ्नै पक्की घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाई मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २९ माघ । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब रु तीन अर्बको अनलाइन…

Read More

रुकुम पूर्व, २९ माघ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई काटिएको अवस्थामा शव फेला परेको छ । भूमे ४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरि हत्या गरेका हुन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभएको छ । डिएसपी खरेलका अनुसार फरार रहेका चन्द्रसिङ पुनलाई पनि खोजतलासका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको बताइएको छ । वडा अध्यक्ष श्याम प्रसाद बुढाका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने…

Read More

झापा, २९ माघ । झापाको हल्दिबारी र झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति ११ः३० बजे हल्दिबारी–२ स्थित हल्दिबारी चोकबाट प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडबाट हल्दिबारी तर्फ आउदैं गरेको मे १ प २३९१ नं. को मोटरसाइकलमा सवार जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ३ ज्ञाने चोकका ३३ वर्षीय बिनोद लिम्बुलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी Diajepam ३ थान, Phenargon ३ थान, नाम नखुलेको ३ थान गरी जम्मा ९ सिरिन्ज, मोबाइल २ थान र साथमा बोकेको नगद ९ हजारसहित पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको छ । त्यसैगरी, झापा गाउँपालिका–५…

Read More

चन्द्र बस्नेतकनकाई, २९ माघ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले जिम्मेवारी समाले सगै विभिन्न कामलाई तिव्रता दिएको छ। नगरपालिकामा विगत २ महिना भन्दा बढी समयबाट रोकिरहेका विभिन्न कामहरूलाई सहज ढंगबाट निरन्तर अघि बढाईरहेकोे पाएको हो। यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलेको अन्यत्र सरुवा भएसगै रोकिएर बसेका विभिन्न कामहरूलाई नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य द्वारा सेवा प्रवाहमा तिव्रता दिएको पाएको छ।गत माघ १४ गते बाट कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमाजिम्मेवारी समाले सगै न्यौपानेले कर्मचारी तर्फ विभिन्न शाखा प्रमुखहरुलाई राखेर अहिलेसम्म भएका प्रगति विवरणको जानकारी लिदै आगामी दिनमा नीति नियम…

Read More

बिर्तामोड, २९ माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले भोलि बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले आज सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा दिएका छन् । भद्रपुरको किच्चकबधमा बर्सेनि किच्चकबध मेला मनाइँदै आएको छ । सन्थाल समुदायले मनाउने ‘सोहराय’ पर्व उनीहरुको प्रमुख पर्व हो ।

Read More

चन्द्रगढी, २९ माघ । झापाको भद्रपुरका शिक्षासेवी प्रकाशचन्द्र शर्माको निधन भएको छ । उनको गत २०८१ माघ २२ गते काठमाडौंमा निधन भएको हो ।२००८ साल फागुन १० गते जन्मिएका उनी झापाको भद्रपुर नगरपालिका मेची प्रादेशिक अस्पताल दक्षिणमा स्थायी बसोबास गर्दथे । शिक्षासेवी शर्माले झापाका भद्रपुर मावि, एसएस निकेतन मावि, प्रज्ञा एकाडेमीमा विज्ञान शिक्षकका रुपमा कार्य गरेका थिए । भानु स्मृति माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका उनले शिक्षणका साथै केही समय माध्यमिक शिक्षक तालिम केन्द्रको बिज्ञान प्रशिक्षक भएर कार्य गरेका थिए । त्यसका साथै शैक्षिक पत्रिका गन्तव्यमा सम्पादक मन्डलमा रही पत्रिकाको सम्पादन गरेका थिए । उनका शैक्षिक पत्रिका गन्तव्य र ज्ञानमालामा बिज्ञानसंघ…

Read More

बिर्तामोड, २९ माघ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६(० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् । उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल…

Read More