
झापा, २९ माघ । झापाको हल्दिबारी र झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार राति ११ः३० बजे हल्दिबारी–२ स्थित हल्दिबारी चोकबाट प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडबाट हल्दिबारी तर्फ आउदैं गरेको मे १ प २३९१ नं. को मोटरसाइकलमा सवार जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ३ ज्ञाने चोकका ३३ वर्षीय बिनोद लिम्बुलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी Diajepam ३ थान, Phenargon ३ थान, नाम नखुलेको ३ थान गरी जम्मा ९ सिरिन्ज, मोबाइल २ थान र साथमा बोकेको नगद ९ हजारसहित पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।
त्यसैगरी, झापा गाउँपालिका–५ पन्थपडा राजवंशी टोलस्थितमा प्रहरी चौकी शरणामती झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलबाट आउँदै गरेको जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ०५ का २१ को अनिश ठकुरीलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको गोजीमा राखी लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक ६०० मिलिग्राम फेला परेकोले पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


