jhapaonline add

तेह्रथुम, २३ फागुन । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक…

Read More

झापा, २३ फागुन । नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ। पाँच मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ। लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेव्यु निर्देशकीय फिल्म हो । यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु…

Read More

झापा, २३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर…

Read More

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक…

Read More

झापा, २३ फागनु । झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ । नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो । लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका नाका काँकरभिट्टा, बिर्तामोड र दमकमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । तथापि, लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ गर्नेक्रम रोकिएको छैन । गत आर्थिक वर्ष २०७८/०७९ देखि चालू आर्थिक वर्षको माघसम्मको ४३ महिनाको अवधिमा जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता गरी एक हजार तीन ६५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक छ । प्रहरीले आठ सय ८४ वटा मुद्दामा उनीहरुमाथि कारबाहीसमेत अघि बढाएको छ । चालु आर्थिक वर्ष…

Read More

झापा, २३ फागुन । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। ‘हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

Read More

दुर्गापुर, २२ फागुन । झापाको कनकाई नगरपालिका–७ स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीले शिवसताक्षीस्थित सतासीधामको अवलोकन भ्रमण गरेका छन् । फाउण्डेशनको कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमण अन्तरगत आज सतासीधामको अवलोकन भ्रमण गरेका हुन् । सामाजिक विषयमा परियोजना कार्य अन्तर्गत विद्यार्थीले अवलोकन भ्रमण गरेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । शिक्षक सिर्जना लिम्बू र एन्जल पोखरेलको नेतृत्वमा भएको अवलोकन भ्रमणमा धाम परिसरमा रहेको गौशालामा गौं माताको आहारका लागि आर्थिक सहयोग समेत गरिएको थियो । अवलोकन भ्रमणबाट विद्यार्थीमा प्राणीप्रतिको प्रेम र सेवा भावको विकास भएको सामाजिक शिक्षक एन्जल पोखरेलले बताउनुभयो । विद्यार्थीहरुले गौशालाका संरक्षक गुरु र स्थानीयबासीसँग सतासीधामको इतिहास र हालका…

Read More

शिवसताक्षी, २२ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता एन नगर सभाले प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्गले नगर सभालाई सम्बोधन गर्दै स्थानीय तहको खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाएर नगरको समग्र विकासका लागि काम गर्नु पर्ने चुनौति रहेको बताए । शिवसताक्षी नगरपालिकाको शिवगञ्ज निर्माण गरिएको नगर अस्पतालन सञ्चालन लागि परेका छौ । प्रदेश सरकार र केन्द्रिय सरकारसँग बजेटका लागि माग गरिएको छ। नगर प्रमुख थोप्राले…

Read More

झापा, २२ फागुन । झापा जिल्लाको कचनकवल गाउँपालिकाका युवा अभिनास मोहलीले आफ्नो जन्मदिनलाई समाजोपयोगी बनाउँदै उदाहरणीय कार्य गरेका छन् । मोहली र लजु लिम्बूको सक्रिय पहलमा कचनकवल गाउँपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत पर्ने क्षेत्रहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको छ। बिहीबार बिहानैदेखि पुरानो बजारदेखि विद्यापाणी माविसम्मका तीन विद्यालय—पथरिया मावि, ब्लुबेल्स, र विद्यापाणी मावि—अगाडि जेब्रा क्रसिङ निर्माण गरिएको छ। साथै, विभिन्न स्थानहरूमा ट्राफिक संकेत चिन्ह तथा होर्डिङ बोर्डहरू जडान गरिएको छ, जसले चालकहरूलाई गति सीमा, संकेत चिन्ह तथा ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको…

Read More

बिर्तामोड, २२ फागुन । फुटबल खेलाडीको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण पक्ष यतिबेला पूर्वी नेपालमा चलचित्रको प्रमोशनमा छ । झापाको बिर्तामोडमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निर्माण पक्षले चलचित्रबारे जानकारी दिएको छ । मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला संघर्ष गाथालाई आमनागरिकमा पुर्याउने सोचले चलचित्र निर्माण गरिएको चलचित्रका निर्देशक मिलन चाम्सले बताउनुभयो । “मान्छे मरेपछि होइन, जिउँदे हुँदै उसको संघर्ष र सफलतालाई सबैले थाहा पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसले सम्बन्धित मान्छेलाई प्रोत्साहन हुन्छ, समाजले उसको योगदानलाई चिन्ने अवसर पाउँछ ।” चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीलाई प्रोत्साहन गर्नका लागि चलचित्र निर्माण गरिएको बताउनुहुन्छ ।…

Read More