
झापा, २३ फागुन । नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ।
पाँच मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ।
लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेव्यु निर्देशकीय फिल्म हो । यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय छ। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ। यो फिल्म चैत ८ गतेबाट रिलिज हुँदैछ।


