
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ३ पुस । श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा…
उद्धव पुरी झापा, ३ पुस । मैले २०६० सालबाट पत्रकारिता सुरु गरें । निरन्तर आज पनि म पत्रकारिता मै सक्रिय छु । आज भन्दा २० वर्ष अघिको कुरा, जुनवेला अहिले जस्तो पत्रकारिता गर्न सहज थिएन । प्रविधिको विकास थिएन, भएकामा पनि पहुँच थिएन । कम्प्युटर र इन्टरनेटको पहुँज नभएका कारण पत्रकारिता गर्न निक्कै अप्ठेरो परिस्थिति थियो । म धरानबाट प्रकाशित हुँदै आएको त्यसबेलाको लोकप्रिय पत्रिकाको रुपमा पूर्वमा चिनिएको ‘ब्लाष्ट टाइम्स दैनिक’ को बिर्तामोड शाखाबाट पत्रिका बितरकको रुपमा काम गर्थें । करिब डेढ बर्षजति पत्रिका बितरककै रुपमा मैले काम गरें । प्रविधिको पहुँच नभएका कारण त्यसबेला हातले ‘ए फोर’ साइजको (फोटोकपी)…
पोखरा, ३ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरू मिसन ८४ को नारा लिएर दौडिनुभन्दा देशको चिन्ता गर्न सुझाएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले एउटा चुनाव नसकिँदै अर्को चुनावी दौडमा लागेर देश विकास नहुने बताए । ‘एमालेले मिसन ८४ भनेको छ । नयाँ दल पनि ८४ भन्छन् । जिम्मेवार दल र सस्तो राजनीतिमा यही फरक छ,’ उनले भने, ‘७० को चुनाव सकिएपछि मिसन ७४ भन्ने, ७४ पछि मिसन ७९ भन्ने । ७९ को चुनाव सकियो अब मिसन ८४ भनेर देश बन्छ ? बरु ८३ सम्म राम्रो काम गरौँ जनतामा विश्वास जगाऔँ ।’ महामन्त्री शर्माले…
काठमाडौं,३ पुस । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ औं मिनेटमा फोडे कमराले गोल गरेका थिए । यो हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ । जितसँगै प्रतियोगिता टुंग्याएको इलाम भने ८ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यद्यपि लिगमा यही स्थानमा कायम रहन्छ कि रहन्न भन्ने अरु टिमको खेलमा भर पर्छ ।
भारत, ३ पुस । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका हुन् । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । स्टार्कलाई अनुबन्ध गर्नका लागि कोलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा कोलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो ।
काठमाडौँ, ३ पुस । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार राति गान्सु प्रान्तमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन्। भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन्। छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
काठमाडौँ, ३ पुस । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णयगरेको थियो । तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएको थियो । विधेयक गायब पारिएकाले त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएकाले विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय स्रोतले जानकारी दियो । त्यसलगत्तै संसद् अधिवेशन समाप्त भएको थियो । त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै…
काठमाडौँ, ३ पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रले भदौ १६ बाट सुरु गरेको अभियान पुस १६ मा सकिँदैछ । पदाधिकारी बैठक पछि केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ । आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु…
मन्थली, ३ पुस । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले राससलाई बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।रासस
झापा, २ पुस । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदो माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भन्नुभयो, ‘यसले राज्यलाई आर्थिक भार कम गर्छ । उहाँका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो ।’ बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन्…