
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई पुरस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिनुभयो । झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताउनुभयो । पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज…
सन्तोष शर्माझापा, १५ माघ । झापामा ५५ हजार बालिका तथा किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । एचपीभी खोप अभियानबारे आज सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । पहिलो चरणमा खोप अभियान शुरु हुन लागेको बताउँदै उहाँले अर्को वर्ष सबै स्वास्थ्य चौकीबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने बताउनुभयो । क्यान्सर लागेको लामो समयपछि मात्र थाहा हुने भएकाले परीक्षण अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो । माघ २२ गतेदेखि २९…
बिर्तामोड, १५ माघ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ज) बमोजिम विभिन्न ३५ वटा विभागीय समितिका संयोजक एवं सदस्यहरु मनोनयन गर्नुभएको छ । संगठन विभाग आफ्नो नेतृत्वमा राख्नुभएका थेवेले प्रशिक्षण प्रतिष्ठान विभागको संयोजकमा उपसभापति केशवराज पाण्डेलाई मनोनयन गर्नुभएको हो । विभागका सदस्यहरुमा अजय घिमिरे, हरि अधिकारी, सजेश शिवाकोटी, लक्ष्मीप्रसाद शिवाकोटी, लक्ष्मी खनाल कोइराला, यज्ञप्रसाद अधिकारी, गौरीमान फागो, अमृतबहादुर बुढाथोकी र उमा शिवाकोटी मनोनित हुनुभएको छ । अनुगमन मूल्याङ्कन तथा अभिलेख विभागमा उपसभापति शेरबहादुर भट्टराई संयोजक चयन हुनुभएको छ । शुभेच्छुक संस्था समन्वय विभागको संयोजकमा सचिव कृष्ण हुमागाई, नेविसंघ तथा तरुण विभाग…
रोशन काफ्लेमाईजोगमाई, १५ माघ । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर ९एचपिभी० खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । खोपको प्रभावबारे माइजोगमाई आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एस्मिनले शुभकामना मन्तव्य राखेकी थिइन् । एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो…
शिवसताक्षी, १५ माघ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ ले स्थानीय ४ सामुदायिक विद्यालयलाई आवश्यक ल्यापटप तथा कम्प्युटर प्रदान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गर्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वडा नं. ८ का ४ सामुदायिक विद्यालयलाई उक्त ल्यापटप तथा प्रिन्टर प्रदान गरेका हुन । शिवसताक्षी नगरपालिका वडा नं. ८ को श्री अरुणोदय आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यायल, भगवती आधारभूत विद्यालयलाई एक÷एक थान ल्यापटप र झिलझिले माध्यमकि विद्यालयलाई प्रिन्टर वितरण गरेको वडा नं. ८ को कार्यालयले जनाएको छ । सामाग्री वितरण गर्दै नगर प्रमुख थोप्राले विद्यालय अब स्मार्ट बन्नु पर्ने, कम्तीमा पनि…
झापा, १५ माघ । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो । सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि शून्य समयमा मुलुकको समसामयिक विषयबारे प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा…
अर्जुनधारा, १५ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० का महिलालाई धुप बनाउने तालिम प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाको ५० हजार रुपैयाँ आर्थिक सहयोग र जलकन्या महिला समूह अर्जुनधारा–१० को आयोजनामा यहाँका ४० जना महिलालाई धुप बनाउने तालिम दिइएको हो । माघ १३ गतेदेखि शुरु भएको तालिम आज सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम दिइएको जलकन्या महिला समूहकी अध्यक्ष गीता न्यौपानेले बताउनुभयो । कार्यक्रम प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले महिलाहरु घरको चुलाचौका मात्र सीमित नभई आय आर्जनमा समेत सहभागी हुनुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिएर…
ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ । बन्दका कारण मङ्गलवार बिहान देखि मेची राजमार्गका ताप्लेजुङ सहित पाँचथर, इलाम सहित तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने कुनै पनि यातायातको साधन सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गको विभिन्न खण्डमा बिहान देखि सुरक्षाकर्मी तथा आन्दोलनकर्मीको उपस्थिति देखिन्छ । केबलकार निर्माण खारेज गर्न, सैन्य करण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिना सर्त रिहाइ, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने माग सहित अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । यस्तै मुक्कुम्लु प्रेमीहरूलाई…
झापा, १५ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा,…
झापा, १५ माघ । प्रहरीले दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा ९सट्टेबाजी० गर्नेरगराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरूलाई पक्राउ…