jhapaonline add

झापा, २ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तरत लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा मनोपरामर्स/ जनचेतना प्रदान गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले लागूऔषधमा संलग्न २२ जनालाई १८ ग्राम १५० मिलिग्राम बाउन सुगर, ५०२ चक्की प्रतिवन्धित औषधी, मोटरसाईकल १ थान, स्कुटर १ थान, सिटि सफारी १ थान सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले विर्तामोड-६ का देबेन्द्र बि.क.लाई १ ग्राम ४२० मिलिग्राम, झापा दमक ३ का बिकास भुजेल, भद्रपुर ७ की सरिता…

Read More

झापा, २ असार । दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी–५२ बमवर्षक विमान दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ११स्२० बजे विमान नियमित परीक्षण अभियानमा रहेका बेला दुर्घटना भएको हो । दुर्घटनापछि आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडेको थियो, जुन माइल टाढाबाट पनि देखिन्थ्यो । कर्नेल जेम्स हेयसले पत्रकारहरूसँग भनेका छन्, ‘आज एडवर्ड्स एयर फोर्स बेसले एउटा भयानक त्रासदी देखेको छ र हामीले आठ महान् अमेरिकी गुमायौँ ।’ उनका अनुसार मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी र सरकारी ठेकेदार छन् । यसअघि एयर बेसले प्रारम्भिक संकेतले…

Read More

झापा, २ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा सस्तिएका थिए भने अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको मूल्य भने बढेको थियो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा थियो। गएको जेठ ७ गते…

Read More

झापा, २ जेठ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँका विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार फार्महाउसको आवरणमा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँको टोखा र चन्द्रागिरी क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले भारतबाट लागुऔषध खरिद गरी नेपाल ल्याउने, फार्महाउस परिसरभित्र जमिनमा खाडल खनी लुकाएर भण्डारण गर्ने तथा मागअनुसार बजारमा बिक्री वितरण गर्ने गरेको खुलेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका निमा तामाङ र विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ र विकास काफ्ले, सिन्धुलीकी माया विशखे, कालिकोटका खड्क रोकाया र…

Read More

बिर्तामोड, २ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा व्यवसायी धनेन्द्रकुमार पाण्डेले पुनः २१ हजार रुपैयाँ सहयोग गरेका छन् । पाण्डेले उक्त कोषमा गरेको यो तेस्रो योगदान हो । यसअघि पनि उनले दुई पटक २१÷२१ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । पछिल्लो सहयोगसँगै पाण्डेबाट कोषमा जम्मा भएको कुल रकम ६३ हजार रुपैयाँ पुगेको छ । व्यवसायी सदस्यहरूलाई विभिन्न विपद्, दुर्घटना, स्वास्थ्य समस्या तथा अन्य आकस्मिक परिस्थितिमा राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँ बराबरको ‘व्यवसायी सदस्य राहत कोष’ स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको छ। संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले उक्त लक्ष्य हासिल गर्न…

Read More

झापा, २ असार । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आषाढ ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ । यससँगै हालसम्म मालपोत कार्यालय दमकबाट हुँदै आएका सम्पूर्ण जग्गा सम्बन्धी सेवाहरू अब शिवसताक्षी नगरपालिकाबाटै प्रदान गरिने भएका छन् ।नगरपालिकाले यसअघि आंशिक रूपमा सञ्चालन गर्दै आएको भूमि प्रशासन सेवा अब पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन लागेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि देशभरका ७५३ स्थानीय तहमध्ये ३५ वटा पालिका छनोटमा परेका छन्, जसमा शिवसताक्षी नगरपालिका पनि परेको हो। नगरप्रमुख थोप्राले यसलाई नगरका लागि ठूलो उपलब्धिका रूपमा उल्लेख गर्दै…

Read More

अर्जुनधारा, १ असार । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको हो । विरिङ, टाङ्टिङ, सुखानी लगायतका खोलाबाट नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि गरिएको ठेक्का/सम्झौताको अवधि २०८२ साल जेठ मसान्तमै समाप्त भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुज कुमार घिमिरेले जानकारी दिनुभयो । नयाँ ठेक्का प्रक्रिया पूरा नभएसम्म प्रचलित कानुनी व्यवस्था तथा नदीजन्य पदार्थ उत्खनन, बिक्री…

Read More

डम्बरकुमार निरौलामाईजोगमाई (इलाम), १ असार । माइजोगमाई सेवा समाजको आयोजना तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई रैथाने गाथाको कार्यक्रम सम्पन्न भएको छ । माइजोगमाई सेवा समाजका अध्यक्ष महेश आचार्यको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्ता इलामका इतिहासविद् युद्ध प्रसाद बैद्यको विशेष आतिथ्यता साथै सङ्गीतकार गायक कोमल निरौलाको विशेष आतिथ्यता माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यता, बुद्दि घिमिरे साहित्यिक प्रतिष्ठान ईलामका संरक्षक टिका घिमिरे ,थुम्के साहित्यिक समूह माइजोगमाईका अध्यक्ष केशवराज पौडेल, साहित्यकार दिवकर भण्डारी, वडाका जनप्रतिनिधिहरू ,माइजोगमाईमा रहेका विभिन्न जात जातिका प्रतिनिधिहरू, स्थानिय बुद्दिजिवि रंगकर्मी…

Read More

झापा, १ असार । झापाको शिवसताक्षी नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–७ निवासी ४० वर्षीय सुरज ढकाल र सोही वडाका ३१ वर्षीय सन्दिहाङ लिङ्देन रहेका छन् । उनीहरूको साथबाट प्लास्टिक बाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी, प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २१ थान मोबाइल फोन तथा दुई थान घडी समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मोबाइल फोन र घडीहरू लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषध खरिद गर्न बन्दकी राखेका सामान भएको खुलेको…

Read More