jhapaonline add

झापा, २६ माघ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन् । बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।

Read More

पाल्पा, २६ माघ । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पार्नुभएको छ । उहाँले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताउनुभयो । उहाँले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२…

Read More

झापा, २६ माघ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । एकादशीको लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर ‘जया नाम्नीती विख्याता सर्व पापहरा परा’ जसले जया एकादशीको पवित्र नाम जप्दछ भने उसका श्राप हटेर जाने गर्दछ । माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भन्दछन् । यो एकादशी अति नै पुण्यदायी छ,…

Read More

झापा, २६ माघ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

बिर्तामोड, २५ माघ । बिन्जु मिडिया कर्नर प्रालिको कार्यालय स्थापना भएको छ । झापाको बिर्तामोड–३ स्थित सृजना टोलमा आफ्नै भवनमा कार्यालय स्थापना भएको छ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज कार्यालयको उद्घाटन गरेका हुन् । बिन्जु मिडिबया कर्नर प्रालिका सञ्चालक बिजय बरालको अध्यक्षतामा भएको कार्यक्रम स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक बरालले नै पारेका थिए । सञ्चालक बरालले सञ्चारकर्मीका रुपमा आफुले गरेको सघर्षका बिषयमा जानकारी दिदै स्थापना गरिएको उक्त कार्यालयबाट भिडियो, अडियोसहित समाचारमुलक सामाग्री साथै कम्युनिकशनका सम्पूर्ण कार्य गरिने बताए । महासंघका संस्थापक महासचिव भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत…

Read More

बिर्तामोड, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान बजेको समयमा चारपानेस्थित पूव–पश्चिम राज मार्गमा दुर्घटना भएको थियो । सो सवारी दुर्घटनामा घाइते भएकी बिर्तामोड नगरपालिका–६ जलकन्याकी ६५ बर्षिया चन्द्रकला राईको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । दुर्घटनका समयमा तत्काल नामथर वतन नखुलेको राईलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । महिला पैदलयात्री ती महिलालाई के कुन सवारी साधनले ठक्कर दिई घाईते भई लडिरहेको अवस्थामा छ भन्ने खबर स्थानीयले ईलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरेका थिए । खवर प्राप्त हुन साथ तत्काल गाडी मोबायल र क्यूआरटी…

Read More

बिर्तामोड, २५ माघ । झापाको बिर्तामोड भोलिदेखि सुरु हुने अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडले भोलीदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ । पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिष्पर्धा हुने जनाईएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । प्रतियोगिता…

Read More

बिर्तामोड, २५ माघ । किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमाधमाधम सञ्चालन भइरहेको छ । विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आजसम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाइसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो । बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरी कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिनुभयो । यसका…

Read More

शिवसताक्षी, २५ माघ । झापाको शिवसताक्षी भएको निबन्ध लेखन अन्तर विद्यालय प्रतियोगितामा भानु माध्यमिक विद्यालय प्रथम भएको छ । वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगितामा भानु माविकी कञ्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् । प्रथम भएसँगै उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगिता श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरेका छन् भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरेको आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । दोस्रो र तेस्रो हुने छात्राहरुले क्रमशः नगद ३ हजार र २ हजार तथा प्रमाण…

Read More

सुनसरी, २५ माघ । सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको HR70E9502 नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई  सडक भन्दा १० फिट तल झरेको अवस्थामा  प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त  स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो । यसैगरी २४ गते…

Read More