jhapaonline add

मेष : शुभ समाचार सुन्नमा आउला। नयाँ कामको थालनी हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा बढी सफलता मिल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता हात लाग्नेछ। वृष : लाभहानि बराबर हुनेछ। अधिकार प्राप्तिका लागि निकै नै संघर्ष गर्नु पर्ला। घरायसी व्यवहारबाट टाढै बस्नु बेस हुन्छ। मेहनतीहरूका लागि दिन फलदायी नै छ। यात्रा भने सामान्य रहनेछ। मिथुन : सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धुबान्धवबाट सहयोग…

Read More

झापा, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको…

Read More

झापा, २९ पुस । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै भूभागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘अबको चौबीस घण्टा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले…

Read More

झापा, २९ पुस । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत, पूजा आराधना एवं कथा वाचन सुरु गर्दैछन्। वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन्। नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउँछिन्। जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको…

Read More

झापा, २९ पुस । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आप्mनो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएकी छिन् । संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ जम्मा गर्दै भट्टराईले जन्म दिन संघको कार्यालयमा मनाएकी हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक प्रदान गरिन् । यो संगै भट्टराईलाई संघले कदरपत्र द्वारा सम्मान गरेको छ । व्यवसायी राहत कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । प्रगति पुस्तक भण्डार बिर्तामोडकी सञ्चालक उनी महिला उद्यमी संघ झापाकी संस्थापक हुन् भने तारा नमस्ते बाल ग्रामकी कोषाध्यक्ष एवम् सहारा…

Read More

शिवसताक्षी, २९ पुस । पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आइतबारदेखि विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिवन काटेर उद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा शान्तिका दुत परेवा उढाइएको थियो भने, केक पनि काटिएको थियो । उद्घाटनका क्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले बर्षैदेखि लाग्दै आएको माइमेला कोरोना संक्रमणका बेला रोकिए पनि पछिल्लो समय लाग्दै आएको जानकारी दिए । आफु सानो हुँदा मेला ठुलो लाग्ने गरेको सम्झदै उनले नगरपालिकाले यस वर्षदेखि आफै मेला सञ्चालन गरेर धेरै व्यापारीहरु…

Read More

बिर्तामोड, २९ पुस । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिव्र रुपमा अघि बढाएको छ ।नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ । कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरिरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो । यस योजना अन्तर्गत पर्ने शनिश्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि…

Read More

उफ् । डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् ? छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ । युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ ।…

Read More

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ नयाँ वर्षको वैशाख १२ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको अभिनय छ । अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्ममा रहस्य र थ्रिलरकथामा निर्माण भएको हो । सिरुपाते कट्स प्रालिले निर्माण गरेका फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन र सह निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका…

Read More

बिर्तामोड २८ पुस । लामो समयदेखि स्थगित रहेको नेपाल महिला संघको निर्वाचन आगामी चैत मसान्तसम्ममा सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम झापामा क्रियाशिल सदस्यता नवीकरण एवं नयाँ वितरण कार्य आगामी माघ २० गतेसम्ममा गरिसक्ने निर्णय भएको छ । नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य, गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, महिला संघ केन्द्रीय सदस्य राधा कार्कीको विशेष आतिथ्यमा सम्पन्न भेलाले आगामी माघ २० गतेसम्ममा क्रियाशिल नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो । महिला संघ झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय अध्यक्षहरु, गाउँ÷नगर अध्यक्षहरु सहभागी भेलालाई…

Read More