
झापा, २९ पुस । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आप्mनो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएकी छिन् । संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ जम्मा गर्दै भट्टराईले जन्म दिन संघको कार्यालयमा मनाएकी हुन् ।
उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक प्रदान गरिन् । यो संगै भट्टराईलाई संघले कदरपत्र द्वारा सम्मान गरेको छ । व्यवसायी राहत कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । प्रगति पुस्तक भण्डार बिर्तामोडकी सञ्चालक उनी महिला उद्यमी संघ झापाकी संस्थापक हुन् भने तारा नमस्ते बाल ग्रामकी कोषाध्यक्ष एवम् सहारा नेपाल साकोस अन्तरगत रहेको कृषि तथा वातावरण उपसमिति सदस्य हुन् ।


