jhapaonline add

उपत्यका सहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । चिसो सुरू भएसंगै अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कले प्रष्ट पार्छ । कसरी गर्छ असर ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, चिसोले सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलिलाई असर पार्छ । चिसो…

Read More

काठमाडौँ,२१ पुस । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले…

Read More

नयाँ दिल्ली, २१ पुस । भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ । राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।एजेन्सी

Read More

मोरङ, २१ पुस । मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–५ स्थित सडकमा प्रदेश १–०२–०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङ, रंगेली नगरपालिका–३ रंजनीस्थित सडकमा को. २ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवान र विराटनगर महानगरपालिका–१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका–१५ मिल्स एरियाका बैजनाथ…

Read More

भद्रपुर, २१ पुस । नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनले टंकनाथ पाण्डेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । शनिबार द्रोणाचार्य स्मृति भवनमा भएको नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो अधिवेशनको बन्द सत्रले पाण्डेको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । सो वडा कमिटीको उपाध्यक्षमा ख्याम न्यौपाने सचिव हिमाल खरेल, उपसचिवमा मुना निरौला खरेल र कृष्ण बहादुर कटुवाल सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन कमिटीका संयोजक ब्रम्हलाल ढुङ्गानाले जानकारी दिनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा सम्पन्न बन्द सत्रले वडा कमिटीको सदस्यहरुमा निर्मल उप्रेती, रम्भा राजवंशी, खेचो राजवंशी, तुलाराम राजवंशी, मानबहादुर कार्की,…

Read More

चन्द्र बस्नेतकनकाई, २० पुस । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको आज सुरुङ्गामा भएको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिव्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ, सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यमा निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिनुभयो । यसैगरी लेखा समितिको संयोजकमा कमलप्रसाद भट्टराई, सदस्यमा कुमार पाठक र उर्मिला खड्का सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिमा संयोजक खेमराज…

Read More

बिर्तामोड, २० पुस । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरीएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा…

Read More

कचनकवल, २० पुस । साथी ‘सुखमा पनि, दुःखमा पनि’ संस्थाले झापाको कचनकवल गाउँपालिकाका दुई अपाङ्ग व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ। संस्थाले कचनकवल १ का पूर्ण अशक्त इमानसिंह लिम्बू र कचनकवल–२ का तुलसी गुरुङलाई ह्विलचेयर प्रदान गरेको हो। वितरण कार्य राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रममा कचनकवल अपाङ्ग संस्थाका सचिव जितबहादुर गुरुङलगायतको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएको थियो। ‘सुखमा पनि, दुःखमा पनि’ संस्था भद्रपुर उच्च माविको २०५४/५५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूद्वारा स्थापित सामाजिक संस्था हो। यो समूहले विभिन्न सामाजिक काम गर्दै आएको छ। संस्थाका अध्यक्ष विश्वराज थापाले आफ्नो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज…

Read More

रोशन काफ्लेमाईजोगमाई, २० पुस । माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको हो । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवान संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ । पुस २४ देखि २६ सम्म निसान पदयात्रा हुँदैछ । नेपाल एकीकरणताका तत्कालीन श्रीनाथ पल्टनले पूूर्वी सीमा विजय गरेर नागरीगढीमा गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको हो । यसरी गाढिएका निसान सुगौली सन्धीपछि फर्काएर ल्याइएको थियो । फर्काएर ल्याउँदा…

Read More

भद्रपुर, २० पुस । बन्धुहितलगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजको भद्रपुर नगर समिति गठन भएको छ । भद्रपुर–१० स्थित विष्णु पाञ्चायन मन्दिर परिसरमा शनिबार आयोजित भद्रपुर नगरस्तरीय भेलाले कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा समिति गठन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा लीला कार्की काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिव जगदीश काफ्ले, कोषाध्यक्ष सरोज काफ्ले चयन भएका छन् भने सदस्यमा मीनबहादुर काफ्ले, गंगा बराल काफ्ले, अर्जुन काफ्ले, कृष्णप्रसाद काफ्ले र रोमनाथ काफ्ले रहेका छन् । काफ्ले समाज झापाका सदस्य तथा भेला आयोजक समितिका संयोजक हेमराज काफ्लेको अध्यक्षता, काफ्लेबन्धुका बयोबृद्ध १०२ वर्षीय मानबहादुर काफ्लेको प्रमुख आातिथ्मा आायोजित भेलाको सहजीकरण…

Read More