jhapaonline add

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आषाढ ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ । यससँगै हालसम्म मालपोत कार्यालय दमकबाट हुँदै आएका सम्पूर्ण जग्गा सम्बन्धी सेवाहरू अब शिवसताक्षी नगरपालिकाबाटै प्रदान गरिने भएका छन् ।नगरपालिकाले यसअघि आंशिक रूपमा सञ्चालन गर्दै आएको भूमि प्रशासन सेवा अब पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन लागेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि देशभरका ७५३ स्थानीय तहमध्ये ३५ वटा पालिका छनोटमा परेका छन्, जसमा शिवसताक्षी नगरपालिका पनि परेको हो। नगरप्रमुख थोप्राले यसलाई नगरका लागि ठूलो उपलब्धिका रूपमा उल्लेख गर्दै…

Read More

अर्जुनधारा, १ असार । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको हो । विरिङ, टाङ्टिङ, सुखानी लगायतका खोलाबाट नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि गरिएको ठेक्का/सम्झौताको अवधि २०८२ साल जेठ मसान्तमै समाप्त भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुज कुमार घिमिरेले जानकारी दिनुभयो । नयाँ ठेक्का प्रक्रिया पूरा नभएसम्म प्रचलित कानुनी व्यवस्था तथा नदीजन्य पदार्थ उत्खनन, बिक्री…

Read More

डम्बरकुमार निरौलामाईजोगमाई (इलाम), १ असार । माइजोगमाई सेवा समाजको आयोजना तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई रैथाने गाथाको कार्यक्रम सम्पन्न भएको छ । माइजोगमाई सेवा समाजका अध्यक्ष महेश आचार्यको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्ता इलामका इतिहासविद् युद्ध प्रसाद बैद्यको विशेष आतिथ्यता साथै सङ्गीतकार गायक कोमल निरौलाको विशेष आतिथ्यता माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यता, बुद्दि घिमिरे साहित्यिक प्रतिष्ठान ईलामका संरक्षक टिका घिमिरे ,थुम्के साहित्यिक समूह माइजोगमाईका अध्यक्ष केशवराज पौडेल, साहित्यकार दिवकर भण्डारी, वडाका जनप्रतिनिधिहरू ,माइजोगमाईमा रहेका विभिन्न जात जातिका प्रतिनिधिहरू, स्थानिय बुद्दिजिवि रंगकर्मी…

Read More

झापा, १ असार । झापाको शिवसताक्षी नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–७ निवासी ४० वर्षीय सुरज ढकाल र सोही वडाका ३१ वर्षीय सन्दिहाङ लिङ्देन रहेका छन् । उनीहरूको साथबाट प्लास्टिक बाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी, प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २१ थान मोबाइल फोन तथा दुई थान घडी समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मोबाइल फोन र घडीहरू लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषध खरिद गर्न बन्दकी राखेका सामान भएको खुलेको…

Read More

झापा, १ असार । झापाको कनकाई नगरपालिकामा एक महिलालाई घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा चढाएर सुनका गहना लुट्ने प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जेठ ३० गते साँझ करिब ७ः४५ बजे पाँचथर फिदिम नगरपालिका–४ घर भई हाल कनकाई नगरपालिका–४ कोटीहोम बस्दै आएका करिब २२ वर्षीय जीवन तामाङले कनकाई नगरपालिका–३ टप्पुचोककी ५० वर्षीया बिमला लिम्बु भुजेललाई घर पुर्‍याइदिने भन्दै मे ४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाएका थिए । घरतर्फ लैजाने क्रममा कन्काई नगरपालिका–१ र २ को सिमानामा रहेको बाघेखोला पुल नजिक पुगेपछि तामाङले भुजेलको कानमा लगाएको सुनको मुन्द्रा निकाल्न खोजेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय…

Read More

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा दुई दिवशीय एकीकृत जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकूल सम्वन्धी तालिम सम्पन्न भएको छ । हेल्पिङ हेन्डसको आयोजनामा झिलझिलेमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा समुदायमा आधारित कार्ययोजना निर्माण, जलवायु परिवर्तनका कारण र प्रभाव, यसले मानव जीवन तथा प्राकृतिक प्रणालीमा पार्ने असर, वातावरण संरक्षण तथा दिगो विकासबीचको अन्तरसम्बन्ध लगायतका विषयमा कार्यशाला सञ्चालन गरिएको हेल्पिङ हेन्ड्सका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य होम थापाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण हरेक वर्ष विभिन्न…

Read More

झापा, १ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने…

Read More

झापा, ३१ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित गौँडा टिमाई खोलामा नुहाउन तथा गर्मी छल्न गएका सात जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार साँझ करिब ७ः०० बजे खोलामा रहेका उनीहरू बाढीका कारण वारिपारि फसी बाहिर निस्कन नसकेपछि अस्थायी प्रहरी चौकी मंगलबारेमा टेलिफोन मार्फत जानकारी गराइएको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त टोली घटनास्थल पुगेको थियो । प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त प्रयासमा बाढीमा फसेका सातै जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्धार गरिएकामध्ये…

Read More

बिर्तामोड, ३१ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १ सय ६४ जनाले रोजगारी प्राप्त गरेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको दुईदिने मेलाको समापन कार्यक्रममा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार मेलामा २ हजार ८ सय ७१ जनाले अवलोकन गरेका छन् । आवेदन दिएका १ हजार ७६ जनालाई रोजगारीका लागि थप पहल गरिने जनाईएको छ । मेलामा २५ वटा रोजगारदाता संघ–संस्थाका स्टल राखिएका थिए। मेला समापन समारोहमा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगार खोजी गर्ने व्यक्तिबीच समन्वय स्थापित भएकाले…

Read More

शालिक भट्टराई अन्तरेआकाशतिर हेरेर, आमाले लामो सुस्केरा हाल्दै भन्नुभयो– खै बाटो कति छ ! तिमिहरुका मितवाउको घरमा त पुगिन्न कि क्याहो केटाहो ।कोशी किनारको चमेरे पुलमै अध्याँरो झमक्क प¥यो । हेर्दा हेर्दै कालो ओड्ने घुम्लुङ्ग ओढेझै भयो । रात छिप्पिएर निष्पट्ट अध्याँरोमा पाहुना लाग्न पुग्दा उनिहरुले के भन्लान । सुनकोशीको किनारै किनार हामी दुई काँईलो म र आमा सल्लाबोटे मितवाको घर तर्फ सोझिदै थियो । नयाँ ब्याट्री हालेको टर्चलाईट काँईलाको हातमा बल्न शुरु गरि सकेको थियो । म लगायत तिनै जनाको झोला कुम्लो कुटुरो निक्कै भारी/ग¥ह्रौ थियो । मधेशबाट पहाड जाने क्रममा नून, तेल, मरमसला साथमा जो हुन्छ । साँझ…

Read More