
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुनसरी, २६ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । हिजो राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३…
झापा, २६ कात्तिक । मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ मटेर्वाबाट विराटनगर–११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर–१० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसैगरी, हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो । यसैगरी, हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट…
झापा, २६ कात्तिक । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो । नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महिला उपाध्यक्षमा सिर्जना तमुस्यो, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख…
शान्तिनगर, २६ कात्तिक । श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५, ६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कार्ययोजना प्रस्तुत गरिएको छ । वनका अध्यक्ष प्रदिप देव खतिवडाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा वन संरक्षण र पर्यापर्यटनको विकासलाई जोड दिइएको छ । कार्यक्रममा अध्यक्ष खतिवडाले वार्षिक कार्यप्रगति प्रतिवेदन, बजेट मस्यौदा समिति सदस्य आनन्द कोइरालाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गङ्गाराम राईले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिशेष अतिथि बुद्धशान्ति ५ का वडाध्यक्ष डेगेन्द्र कार्कि,…
झापा, २६ कात्तिक । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका झापा हल्दिबारीका एक युवाको गएराति मृत्यु भएको छ । गत कार्तिक १८ गते साँझ ७ः१५ बजे झापाको भद्रपुर–१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदैं गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते भएका हल्दिबारी–२ का २२ वर्षीय सुमन मर्डी घाइते भएका थिए । घाइते उनको तत्काल प्रदेशिक अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा घाइतेको अवस्था गम्भिर हुँदै गएकाले सोही दिन राति ९ः३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचार भइरहेका उनलाई थप उपचारका लागि कात्तिक २३ गते आफन्तले आफुखुसी…
इलाम, २६ कात्तिक । सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए । यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरण समेत गर्ने उनले जानकारी दिए । “माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष राईले भने, “महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत…
झापा, २६ कात्तिक । झापामा स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । झापा गाउँपालिका–२ टाँघनडुब्बास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा प्र१–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज डिघलबैङ्क ग्रामपंचायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ५लाख ३४ हजार नेपाली रुपैयाँ फेला परेको थियो । मोटरसाइकल र रकमसहित आलमलाई नियन्त्रणमा लिई बिओपी टाँघनडुब्बामा राखिएको छ । उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं। २ गण…
झापा, २६ कात्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा…
मोरङ, २६ कात्तिक । मोरङको कानेपोखरीमा एक जना व्यक्तिले आफ्नै भाउजूमाथि शनिबार राति खुकुरी प्रहार गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले कानेपोखरी गाउँपालिका–४ बयरवनका वसन्त सार्कीले खुकुरी प्रहार गर्दा भाउजू ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएको बताए। उनका अनुसार खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ। हात छिन्नै लागेको छ। गम्भीर अवस्थाकी उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घरयासी विवादका क्रममा राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको जोशीको भनाइ छ। प्रहरीले घरयासी विवादका बारेमा थप खुलाएको छैन। घटनामा संलग्न वसन्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा…
झापा, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम…