jhapaonline add

द्रोण अधिकारी गुयेली२० वर्ष अगाडिसम्म नेपालमा काठमाण्डौं, पोखरा र धरान लागूऔषध प्रयोग कर्ता भएका र कारोवारी रहेका ठाउँका रूपमा चिनिन्थ्यो । दुई दशकको अन्तरालमा यति भिन्नता आयो कि नेपालका ७७ जिल्ला नै लागूऔषध प्रयोग कर्ता र कारोवारी छरिएर बसेको देशको पहिचान बनिसकेको छ । लागू पदार्थ दुव्र्यसनीहरूको बढ्दो अवस्थाबाट आजको विश्व–समाज प्रताडित हुँदैछ । त्यसको घातक दुष्प्रभाव नेपाल र नेपाली समाजमा परिरहेको छ । कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर एकिन गर्न नसके पनि नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुव्र्यसनी बनाउने काम हिप्पी–जिप्सीहरूबाट स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवत जावतको वातावरण बनेपछि…

Read More

हल्दिबारी, १२ असोज । अविरल वर्षाका कारण हल्दिबारी गाउँपालिकाको तीन वटा काठे पुल बगाएको छ । हल्दिबारी– १ गोलधापबाट बाह्रदशी– ३ राजमार्ग जाने बाटो जल्पाबस्ती पश्चिमको काठे पुलको बिच भाग बगाई पूर्णरुपमा क्षतिग्रस्त पारेको छ भने हल्दिबारी– १ बाट दक्षिण हुलाकी राजमार्ग जोड्ने रोड कटान गरेर बाटो अवरुद्ध भएको छ । त्यस्तै फाल्गुननन्द चोक पूर्व हल्दिबारी–१ र ५ को कन्चनश्री जोड्ने काठे पुलको बिच भाग बगाएको छ ।त्यस्तै हल्दिबारी– १ र ५ जाने बाटोको काठको पुल बिच भागको सबै बगाएको छ । हल्दिबारी– १ आशा मोडदेखि पूर्व राम चोक जाने बाटो ठाउँ ठाउँमा बगाएको छ भने हल्दिबारी १ शङ्कर चोकदेखि…

Read More

झापा, १२ असोज । आइतबार (असोज १३ गते) बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार भोलि दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ। महाशाखाले भनेको छः आइतबार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मात्र मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। आइतबार रातिबाट भने वर्षा निकै कम भएर जाने आकलन मौसम महाशाखाले…

Read More

झापा, १२ असोज । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरू ७२ जना बेपत्ता रहेको जानकारी दिनुभयो । अरू ३६ जना घाइते भएका छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा…

Read More

बनियानी, १२ असोज । गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्णे खोलामा हाम फालेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । गौरीगञ्ज–२ पश्चिम भाकुरमारी सुकुमबासी टोलका ५५ वर्षीय केनालाल राजवंशीको शव आज फेला परेको हो । उनले हिजो घर नजिकै रहेको कृष्णे खोलामा हाम्फालेका थिए । प्रहरी चौकी कोरोबारीमा जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटि गई खोजतलास तथा थप बुझ्ने कार्य भई रहेकोमामा आज बेलुका घटनास्थल देखि करिब २ किलोमिटर दक्षिणमा सोही खोलाको छेउ पानीमा घोप्टो अवस्थामा उनको शव फेला परेको हो । मृतककी श्रीमतीले शव पहिचान गरेकी छन् ।

Read More

बिर्तामोड, १२ असोज । बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका सदस्य…

Read More

बिर्तामोड, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाले भोलि (आइतबार) बिदा दिएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण बालबालिकालाई विद्यालय आउन–जान कठिनाई भएको र हालसम्म पनि वर्षा नरोकिएकाले नगरपालिकाले नगरभित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालय बिदा दिएको हो । आज बसेको नगर प्रमुखस्तरीय निर्णयबाट हिउँदे–बर्षे बिदाबाट कट्टा हुने गरी मिति असोज १३ गते आइतबार बिदा दिने निर्णय भएको हो ।

Read More

भद्रपुर, १२ असोज । भद्रपुर–८ स्थित चन्द्रगढी विमान स्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरी जन्य उत्पादन सहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमान स्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरी सहित क्याफे सञ्चालनमा ल्याइएको हो । गणपति बेकरीको तेश्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैं उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् । गणपति बेकरीका हेडक्वाटर प्रमुख राजु ढकालका अनुसार गणपतिको विर्तामोडमा मुख्य उत्पादन कार्यालय छ भने काँकरभिट्टा र चन्द्रगढीमा फेन्जाइममा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको…

Read More

झापा, १२ असोज । सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पानी पसेर ३० जनाभन्दा बढी मानिस समस्यामा परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० देखि ३० जना मान्छे बोटबाट दुई दिन अगाडि नै त्यहाँ पुगेका थिए । आफूहरुले उनीहरुको उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । यसैबीच सप्तकोशी नदीमा पानीको बहाब ५ लाख प्रति क्यूसेक पुग्न लागेको छ । तिवारीले दिएको जानकारी अनुसार हाल पानीको बहाब ४ लाख ९४ हजार क्यूसेक पुगेको हो ।

Read More

झापा, ८ असोज । झापाको दमक नगरपालिकामा आज करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । इलाम महमाई नगरपालिका ५ घर भई दमक नगरपालिका ८ डेरा गरी करिब २६ वर्षीय कमल बुर्जामगर टाडे घरको भई तल्लामा आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सट भई करेण्ट लागी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गर्नुभएको थियो ।

Read More