
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ असोज । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् । श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ ९दरखाने०, आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण ९समापन० विधि गरिन्छ । तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा…
झापा, ७ असोज । मोरङको विराटनगरमा आज दिउँसो एक युवती मृत फेला परेकी छन् । नेपाल–भारत सीमा क्षेत्रनजिक मृत फेला परेकी उनको पहिचान खुलेको छैन । विराटनगर–१६ हुलास चोकको बाटो नजिक नालीमा करिब ३० वर्षीया युवती मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको पहिचान खुल्न सकेको छैन । घाटी पछाडि फूलजस्तो ट्याटु र शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिने उनले गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी छन् भने उनको कपाल खौरिएको छ । घटनास्थल मुचुल्का गर्ने क्रममा मृतक युवतीको भित्री वस्त्रबाट २२ एम्पुल लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए…
झापा, ७ असोज । बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ । पिर्का प्रहारबाट गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।…
झापा, ७ असोज । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहीन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको…
झापा, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवा मध्ये ४ जना लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आइतबार बिहान करिब साढे तीन बजे ९ जना थुनुवा भेन्टिलेशन फोडेर फरार भएकोमा १२ बजेसम्ममा ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । फरार हुनेमा लागूऔषध, अभद्र व्यवहार तथा चोरी मुद्दाका थुनुवा रहेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो । उहाँले भागेका थुनुवाहरुलाई पुनःपक्राउ गर्न चौतर्फि नाकाबन्दी गरेर खोजी गर्ने काम भईरहेको छ । फरार हुनेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखियारहेका छन् यस्तै, अभद्र…
द्रोण अधिकारी गुयेलीवर्तमान संविधानलाई समाजवाद उन्मुख राज्य व्यवस्थाको मुल कानुनका रूपमा व्याख्या गरिएको छ । जसले ३३ वटा मौलिक हकको सुनिश्चित समेत गरेको छ । त्यस मध्ये नागरिकको आधारभूत आवश्यकता भित्र अति संवेदनशील क्षेत्रका रूपमा मौलिक हकमा समेटिएको शिक्षा र स्वास्थ्य क्षेत्र पर्दछन् । यी क्षेत्रको माध्यमबाट राज्यले नागरिकको अधिकार संरक्षण गर्दै सेवा गर्ने सवैभन्दा नजिकको अवसर पनि प्राप्त गर्दछ । राज्यको सेवा प्रवाह जनमैत्री छ कि छैन भन्ने तथ्य मापनको आधार पनि शिक्षा र स्वास्थ्य क्षेत्रले मात्र विश्वास दिलाउन सक्ने अवस्था रहन्छ तर, पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा विकृतिका रूपमा भ्रष्टाचारले प्रवेश गर्दा नागरिकले राज्यमाथि प्रश्न खडा गरिरहेको…
चन्द्र बस्नेतकनकाई, ७ असोज । झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरी अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ। कनकाई नगरपालिकाले गत असोज १ गते नै सूचना जारी गर्दै टेन्डर प्रक्रिया अझै बाकी रहेकाले कनकाई नगर क्षेत्र भएर बहने बिरिङ्ग खोलाबाट नदिजन्य पदार्थ उत्खनन नगर्न सूचना जारी गरिएको थियो ।उक्त सूचनालाई वेवास्था गरि खोलाबाट अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने प्रदेश १–०१–००१ त ८८८०, मे १ त ८०२८, मे १ त ३५०० र मे १ त ७९१६ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कनकाई नगर परिसरमा राखिएको इलाका प्रहरी कार्यलय…
बिर्तामोड, ७ असोज । नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी फागुन मसान्तसम्ममा सबै भातृ संघसंस्थाको सबै तहको अधिवेशन सक्ने निर्णय गरेपछि नेपाल महिला संघ झापा अधिवेशनको तयारीमा जुटेको छ । नेपाल महिला संघ केन्द्रीय समितिले आगामी मंसिरसम्ममा जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर र वडा समितिको अधिवेशन सक्नुपर्ने समयसीमा तोकेपछि अधिवेशनको तयारीका लागि क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य प्रारम्भ गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य, गोमा भट्टराई र झापाका सभापति देउकुमार थेवेको आतिथ्य एवं पार्टीका र महिला संघका गाउँ÷नगर अध्यक्षहरुको संयुक्त बैठकले आगामी कात्तिक १ गतेसम्ममा क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल वितरण कार्य…
हल्दीबारी, ७ असोज । झापाको हल्दीबारी गाउँपालिका–३ मा मध्यरातमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गए मध्यराती अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी––३ रमाईलो चोकका तारा बल्लब गिरीको काठको घरमा आगलागी भएको थियो । आगलागीबाट गिरीको घर पूर्ण रुपले जलेर नस्ट भएको छ । घरमा भएको अन्नपात, ९ वटा बाख्रा तथा खसि आगोले जलेर मृत्यु भएको छ । भद्रपुर र मेची नगरपालिकाबाट आएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आज बिहान ४ः०० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको स्थानीयबासीहरुले बताएका छन् । आगलागीमा मानबिय क्षति भने नभएको र आगलागी के कुन…
झापा, ७ असोज । दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो । यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई निगरानीमा मात्र राखेको जनाएको छ ।