jhapaonline add

झापा, २८ साउन । आज सुनको भाउमा सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।

Read More

काठमाडौँ, २८ साउन । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासङ्घले अविलम्ब रिहा गर्न माग गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध पक्राउ गरिएकोमा आपत्ति व्यक्त गर्दै रिहाइको माग गरिएको छ । सम्पादक श्रेष्ठको रिहाइको माग गर्दै महासङ्घको आह्वानमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय अगाडि पत्रकारहरूले आज बिहानदेखि धर्ना दिएका छन् । पत्रकार महासङ्घसहित आमसञ्चारसम्बद्ध विभिन्न सङ्घ,…

Read More

अर्जुनधारा, २८ साउन । झापाका पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको ७५ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । झापाको अर्जुनधारा–८ निवासी चन्द्रकलाको कनकाई अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय चन्द्रकलाका तीन छोरामध्ये पत्रकार प्रेम आचार्य माइला छोरा हुन् । उनका जेठा छोरा अम्बिका आचार्य र कान्छा छोरा खगेन्द्र आचार्य हुन् । स्वर्गीय चन्द्रकला आचार्यको पार्थिव शरीरको बिहीबार बिहान १०ः३० बजेपछि कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । झापा अनलाइन परिवार दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा…

Read More

झापा, २८ साउन । प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिनुभएको जानकारी अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो । “श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो”, उहाँले भन्नुभयो, ‘अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । बिहीबार अदालतमा पेस गर्छौं ।”

Read More

झापा, २८ साउन । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिनुभएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्य मन्त्री शोभा चेम्जोङ सहभागी हुनभएको थियो। उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताउनुभयो । अब कोशी प्रदेश सरकारमा नेकपा…

Read More

झापा, २८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली…

Read More

झापा, २७ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादित वस्तुमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिक्री कक्ष सञ्चालन गर्न लागिएको हो। बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ। खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार आफ्नो सातौँ वार्षिकोत्सव मनाउँदै छ। सिंहदरबार परिसरमा सञ्चालन हुने बिक्री कक्षबाट कम्पनीका विभिन्न उत्पादन सर्वसुलभ दरमा खरिद गर्न सकिने कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। कम्पनीले चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुका साथै चिनो, कागुनो, फापर, सिमीलगायत…

Read More

झापा, २७ साउन । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण पछिल्लो चार महिनामा झापामा ५ जनासहित देशभरमा १३ जनाको मृत्यु भएको छ भने ८३० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म २१ जिल्लामा जेई संक्रमण पुष्टि भएको हो । संक्रमणबाट झापामा पाँच तथा धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ । महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पानी पर्ने समयमा जेई संक्रमण बढी देखिने भएकाले संक्रमितको संख्या अझ बढ्न सक्ने जोखिम छ। उनका अनुसार संक्रमितमध्ये अधिकांशले जेईविरुद्धको खोप लगाएका छैनन्। जेईबाट…

Read More

झापा, २७ साउन । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले २७ हजार ६९३ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरेको छ । गत आव २०८२/०८३ को एक वर्षको अवधिमा प्रहरीले उक्त परिमाणमा गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ६४ हजार ८ सय १९ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ । आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म ६४ हजार ८१९ किलो ४७ ग्राम ५५५ मिलिग्राम गाँजा बरामद भएको हो । ब्राउन सुगरको बरामद परिमाण भने निरन्तर बढेको देखिन्छ। तीन आर्थिक वर्षमा गरी १९ किलो ७६६ ग्राम ७७८ मिलिग्राम ब्राउन सुगर बरामद भएको…

Read More

झापा, २७ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले…

Read More