
झापा, २७ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments Box


