jhapaonline add

बिर्तामोड, ३० चैत । झापाका दलित संघ संगठनहरुले जातको आधारमा भेदभाव गर्ने हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । जिल्ला स्तरीय दलित संघ संगठनहरुको भेलाले दलित अधिकारकर्मी, जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने गिरीलाई कारबाहीको माग गरिएको हो । एक विज्ञप्ति सार्वजनिक गर्दै जातको आधारमा अपमान गर्ने गिरीको अभिव्यक्ति विरुद्ध प्रतिकार गर्न न्यायप्रेमी जनसमुदायसँग जोडदार माग गरिएको छ । कारबाहीको माग गर्दै नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य…

Read More

द्रोण अधिकारीभद्रपुर, ३० चैत । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चुडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ । प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट नेपाली माटोको सेवा पुर्याएका रेग्मीलाई ८८ औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको हो । रेग्मीले वि सं २०२१ सालबाट मेची महाविद्यालयको संस्थापक भएर तीन दशक बढी प्राध्यापन गरेका थिए भने झापा सदरमुकाम चन्द्रगढीमा रहेर चार दशक बढी समचार पत्र तथा साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यको निरन्तर सेवा पुर्याएका थिए । रेग्मीले नयाँ स्रष्टा जन्माउन युगज्ञान साप्ताहिक तथा जुही त्रैमाशिकको माध्यमबाट विशिष्ठ योगदान गरेको कार्यक्रममा सहभागी स्रष्टाहरूले स्मरण गरेका थिए । रेग्मीको…

Read More

बिर्तामोड, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं–२ र बझाङमा हुने निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला समितिको बैठकलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो । इलाम–२ का उम्मेद्वार डम्बर खड्का विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशिल रहेको र हरेक नागरिकको दुःखसुखको साथी बनेर थुप्रै सामाजिक काम गरेको बताउँदै उहाँले डम्बर खड्कालाई मत दिन इलाम–२ का बासिन्दालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले इलाम क्षेत्र नं–२ का सबै वडामा प्रदेश समितिबाट प्रतिनिधि खटाइएको जानकारी दिदै…

Read More

बिर्तामोड, ३० चैत । वीरता लेडी जेसीजले नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । लेडी जेसीजले संस्थाका पूर्व अध्यक्षहरू, मानार्थ सदस्यहरू र नयाँ सदस्यहरूका बीचमा शुभकामना आदानप्रदान गरेको हो । विशेष गरी नयाँ सदस्यता लिएका सदस्यलाई लक्षित गरी जेसीज अभियानप्रति उत्प्रेरित गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो । नयाँ सदस्यहरूमा नेतृत्व क्षमताको विकास गरी उनीहरूलाई अभियानमा थप जागरुक बन्न प्रेरणा मिल्ने अपेक्षाका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाको वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा वीरता लेडी…

Read More

झापा, ३० चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

Read More

झापा, ३० चैत । आज बिहान सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भुकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

Read More

दमक, ३० चैत । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हुन् । छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उनको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ । सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिएपनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध…

Read More

भद्रपुर, २९ चैत । भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा एक दिने कृषि विमा सम्बन्धि अन्र्तक्रियात्मक गोष्ठी सम्पन्न गरिएको छ । शाखाको आ व २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि व्यवसायमा आइपर्ने सम्भावित जोखिमहरूबाट कृषकहरुलाई सुरक्षित गराउने र उनीहरुलाई व्यवसायिक कृषि तर्फ उन्मुख गराउने उद्देश्यले कृषि बिमा कार्यक्रम बारे सचेतना गोष्ठी सम्पन्न गरिएको हो । कार्यपालिका सदस्य प्रशंसा ठटालको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय विमा कम्पनी झापाका प्रमुख खगेन्द्र तिम्सेनाले विमाको वर्तमान अवस्था र चुनौति शीर्षकमा सहभागीलाई जानकारी गराएका थिए । उनले कृषि तथा पशु विमाका लागि राज्यले ८० प्रतिशत सम्म अनुदान दिदै…

Read More

बिर्तामोड, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो । उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ…

Read More

भद्रपुर, २९ चैत । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले प्याब्सन÷एनप्याब्सनको नाममा सहमती विपरित विद्यालयहरूलाई विदा हटाउने दुस्साहस नगर्न चेतावनी दिएको छ । नगर समितिको बैठकले शैक्षिक वर्ष २०८१ को क्यालेण्डर निर्माण गर्दा भद्रपुरका ठूला भनिएका केही विद्यालयले विगतमा भएका सहमती कार्यान्वयन नगरी मनलागी विदा हटाउने प्रयास गरेको भन्दै सशक्त रूपमा प्रतिकार गर्दै अगाडि बढ्ने निर्णय गरेको हो । नगर अध्यक्ष विदुर ढुंगानाको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना कालको ५ महिनाको तलव भुक्तानी गर्ने सहमतीबाट पनि संस्थागत विद्यालयका सञ्चालकहरूपछि हटेको कारण श्रम अदालत जाने ठहर समेत गरेको छ । बैठकले शैक्षिक वर्ष २०८० पनि ठूला भनिएका विद्यालयहरू तथा प्याब्सन÷एन प्याब्सनको नेतृत्वमा…

Read More