
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १२ फागुन । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ। यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ। त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार…
झापा, ११ फागुन । झापा गोल्डकप र यती ब्रुअरीबीच सम्झौता भएको छ । झापा गोल्डकपको छैटौं संस्करणको टाइटल स्पोन्सरका लागि उनीहरुबीच सम्झौता भएको छ । झापाको बिर्तामोड–२ चारपाने स्थित सहारा नेपाल साकोसको सभा हलमा आज मुख्य प्रायोजक संस्था र झापा गोल्डकपबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर बिदुर तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा यती ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठ, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा लगायतको उपस्थिति रहेको…
हार्दिक निमन्त्रणा
शिवसताक्षी, ११ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकलाई आयोजक समितिले विजयी घोषणा गरेको हो । आज हुने फाइनल खेलको समय अवधि अगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले कमललाई खेलमा समावेश गराए खेल खल्न नदिने भन्दै स्टेजमा धर्ना दिए ।…
भद्रपुर, ११ फागुन । झापाको भद्रपुर नगरपालिकाले आज यहाँका मासु पसल र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख राधा कार्कीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यहाँका ८ वटा मासु–माछा पसल र दुई वटा मिठाइ पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा भद्रपुर–८ सगरमाथा चोकस्थित एमडी मासु पसल, आधुनिक प्रेस हाउस लगायतको अनुगमन गरिएको थियो । आधुनिक फ्रेस हाउसमा दुषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको नगरपालिकाका अधिकृत छैठौं राजेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । फ्रेस हाउसबाट २० केजी मासु समेत जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमन गरिएका अधिकांश मासु पसल सरसफाई नभएको, मूल्यसूची नराखिएका, इजाजत नलिएको,…
मोरङ, ११ फागुन । मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए । घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न…
काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए । ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको…
काठमाण्डौ, ११ फागुन । केपी ओली कप फुटबल आजदेखि शुरु हुँदैछ । राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । एन्फा कमप्लेक्स सातदोबाटोमा हुने उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार सहभागी हुने कार्यक्रम छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब…
बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका विषयमा अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेसंग गरिएको कुराकानी । मत सर्वेक्षणले त तपाईले विजय हासिल गर्न नसक्ने देखाएको छ नि ?ती पत्रकारहरुले साझा र निष्पक्ष तरिकाले सर्वेक्षण गरेका होइनन् । यदि तपाईहरुले निष्पक्ष अनुगमन गर्नु हुन्छ भने बजार अनुगमन गर्नुहोस् । बजार अनुगमन गरेर सोध्नुस व्यापारीहरुलाई । आज व्यापारी कसको पक्षमा छन् ?जसको पक्षमा व्यापारी छन् , त्यसको बिजय हुन्छ । त्यसले गर्दा हाम्रो जित सुनिश्चित छ । सुनिश्चित यो कारणले छ कि हिजोको दिनमा म वाणिज्य संघमा बस्दै गर्दाखेरि, १२–१३ बर्षदेखि काम गरिरहँदाखेरि विभिन्न व्यवसायीहरुको समस्याको समाधान मैले आफैले गरेको…
बिर्तामोड, ११ फागुन । झापाको बिर्तामोड नगरपालिबाट चार ग्राम ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ बिर्तामोड–४ आदर्श पार्टी प्यालेस अगाडि शंकाष्पद अवस्थामा हिँड्डुल गरिरहेको बिर्तामोड–५ घर बताउने १९ वर्षीय निराज मण्डल र बिर्तामोेड–६ घर बताउने १९ वर्षीय राहुल चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्दा निराज मण्डलले लगाएको बक्स हाफ पेन्टको दाहिने गोजीमा प्लाष्टिकको प्याक गरेको अवस्थामा प्रतिबन्धित लागु औषध ब्राउनसुगर स(साना प्लाष्टिकको पोका थान १८ मा जम्मा प्लाष्टिकसहित ४ ग्राम ६२० मिलिग्राम र प्लाष्टिकरहित ४ ग्राम फेला पारेको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला…