
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
बिर्तामोड, ११ असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय(व्यय विवरण प्रस्तुत गर्नुभएको हो । प्रस्तावित बजेटमा आन्तरिक स्रोत, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई आयको स्रोतका रूपमा समेटिएको छ । बेरुजु असुलीबाट प्राप्त हुने सात लाख रुपैयाँसमेत आयमा गणना गरिएको छ । नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि २४ करोड ४०…
झापा, ११ असार । जङ्गली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं १, २, ३ र ४ स्थित बाहुन डाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षाको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरिएको सामूहिक हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको हो । उक्त ज्ञापनपत्रमा चार वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर सङ्कलन गरिएको छ । ज्ञापन पत्रमा भारतबाट दिनहुँ भित्रिने जङ्गली हात्तीको प्रवेशलाई बिनाशर्त रोक्नुपर्ने, मानव बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीलाई उसको बास स्थानतर्फ फर्काउन रबरको गोली प्रयोग गरिने पर्ने, मेची किनारदेखि कोशी टप्पुसम्मको प्रस्तावित हात्ती करिडर परियोजना खारेज गरिनुपर्ने र हात्तीको आतङ्कलाई जोडेर पर्यटन प्रवर्द्धनको…
झापा, ११ असार । आज ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी पर्व श्रद्धापूर्वक मनाइँदैछ। भगवान् नारायणको पूजा, गङ्गा तथा पवित्र नदीमा स्नान, उपवास र तुलसी दल अर्पण गर्ने परम्परा रहेको छ । शास्त्रअनुसार आज पूर्ण उपवास गरी जल वा सर्बतले भरिएको घडा दान गर्नाले श्रीहरिको विशेष कृपा प्राप्त हुन्छ। भक्तजनले अन्न, वस्त्र, गौ, जल, शय्या, आसन, कमण्डलु तथा छाता दान गर्ने चलन छ । तुलसीलाई देवी स्वरूप मानिने भएकाले तुलसी दल अर्पण गर्दा विष्णुको कृपा प्राप्त हुने विश्वास छ। निर्जला व्रत बस्नाले पाप क्षय, मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने धार्मिक मान्यता रहेको छ ।
काराकास, ११ असार (एजेन्सी) । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो। ‘सेस्मिक डब्लेट’ भनिएको उक्त घटनापछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुका लागि जारी गरिएको सुनामी चेतावनी पछि खारेज गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यको मोन्टालबान नगरपालिका क्षेत्रमा रहेको थियो। १३.२ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण काराकाससहित विभिन्न क्षेत्रमा धक्का महसुस भए पनि क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन। यसअघि सन् २०१८ मा भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
झापा, ११ असार । जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत बुधबार एकै दिन ३६ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ गरेको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको संयुक्त टोलीले झापाका विभिन्न स्थानमा शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी तथा जाँच अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा शंकास्पद अवस्थामा हिँडडुल गर्ने लागुऔषध सेवनकर्ताहरू २९ जना पुरुष तथा लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिक बट्टा १० ग्राम ७१८ मिलिग्रामसहित ७ जना गरी जम्मा ३६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
राजबाबु शंकर कार्यकारी सारांश : नेपालको मोफसल पत्रकारिताको इतिहासमा झापा जिल्ला एक अत्यन्त उर्वर, गतिशील र अग्रणी भूमिको रूपमा स्थापित छ । वि.स. २०१० को दशकको साहित्यिक चेतना र हस्तलिखित प्रयासबाट शुरु भएको झापाको पत्रकारिताले हालसम्म आइपुग्दा ७ दशकभन्दा लामो गौरवमय यात्रा तय गरिसकेको छ । पञ्चायतकालीन कठोर सेन्सरशिप र राजनीतिक एवम् सामाजिक चेतनावाहकहरू भूमिगत रहनु परेको कालखण्ड, २०४६ सालपछिको बहुदलीय प्रजातान्त्रिक वातावरण, १० वर्षे सशस्त्र द्वन्द्वको त्रासदीपूर्ण मार र २०६२–’६३ को जनआन्दोलन हुँदै वर्तमानको संघीय गणतान्त्रिक सूचना क्रान्तिसम्मका आरोह–अवरोह यस क्षेत्रले भोगेको छ । प्रस्तुत शोधपूर्ण आलेखमा झापाली पत्रकारिताको ऐतिहासिक जग, हस्तलिखित कालखण्डदेखि डिजिटल ‘न्यू मिडिया’सम्मको विकासक्रम, संस्थागत विकास,…
झापा, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ…
विराटनगर, १० असार । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय…
धनगढी, १० असार । जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ। आज जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली, यस मातहतका प्रहरी कार्यालयहरू र लागूऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण नखुलाइए पनि उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
नयाँदिल्ली, १० असार । मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बिचमा, इरानस्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरीकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ । औपचारिकरूपमा जारी गरिएको सुरक्षा सुझावमा, दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । पछिल्लो समयमा सकारात्मक घटना क्रम र समग्र स्थितिमा भएको सुधारउन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकका लागि संशोधित सुझाव जारी गरेको जनाइएको छ । हालैका सुधारका बावजुद, पनि अर्को सूचना नआएसम्म भारतीय नागरिकलाई इरानको यात्रा नगर्न सल्लाह दिएको दूतावासले समाजिक सञ्जाल एक्समार्फत जनाएको हो । दुतावासले यस अघि नै…