
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थितमा मे.९ प ५०९२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मेचीनगर–१३ की ३८ वर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।…
झापा, २६ मंसिर । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्ष भन्दा यस वर्ष ८३ हजार…
झापा, २६ मंसिर । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।…
झापा, २६ मंसिर । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् । कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ…
झापा, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्र सेवकले तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोअनुसार असोज मसान्तसम्म सबैले नयाँ सम्पत्ति विवरण बुझाउनु पर्छ। तर, अहिलेसम्म उनीहरू कसैले पनि नयाँ सम्पत्ति विवरण बुझाएका छैनन्। सरकारको वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको नयाँ सम्पत्ति…
झापा, २६ मंसिर । निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् । २०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक…
झापा, २६ मंसिर । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो । पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नोभेम्बरमा नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि विशालकुमार श्रेष्ठ र अली हुसैन मियाँको सम्पर्कमा पुगे । उनलाई आवश्यक कागजात बनाएर सफर जेल पठाइयो । १५ दिन जेल बसेपछि गत २० नोभेम्बरमा सफर जेलमार्फत एक्जिट (बहिर्गमन) भिसा प्राप्त गरी उनी नेपाल फर्किए । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला दिनमा साउदीमा कार्यरत वैदेशिक…
मोरङ, २५ मंसिर । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई बर्गिकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पु¥याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ । नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कृषिजन्य सबै उत्पादनको समय सापेक्ष समर्थन मूल्य निर्धारण गरी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघका प्रदेश सहसचिव केदारमान पौडेलले जानकारी दिए । बैठकले नेपाल भारत खुल्ला सिमाबाट अवैध रुपमा हुने कृषि उपजको ओसार पसार बन्द गरी विदेशी कृषि उत्पादन आयात गर्दा परीक्षण गरेर मात्र आयात गर्न…
बिर्तामोड, २५ मंसिर । झापाको मेचीनगरमा आज बिहान आगलागी हुँदा एक लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–४ स्थित राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको टिनको छाना भएको २ तले गाई गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्की आगलागी हुँदा टिन, काठपात आंशिक रुपमा र गाई गोठ माथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त क्षति भएको हो । आगलागी प्रहरी चौकी बाहुनडाँगी, मेचीनगर नपाको दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।