
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि थप ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनता कठिन घडीमा रहेका बेला अमेरिकाले साथ दिँदै ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार उक्त सहयोगबाट करिब तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ । यसअघि पनि अमेरिकाले नेपालका बाढीपीडितका लागि ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) बराबरको मानवीय सहायता घोषणा गरेको थियो ।
झापा, १४ भदौ । भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार शनिबार साँझ साढे ६ बजेसम्म नदी किनारमा ६७५ जनाको शव फेला परेको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव फेला परेको छ। भोटेकोसीमा आएको बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत ९३३…
झापा, १४ भदौ । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गते आएको अकल्पनीय बाढीबाट आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः बाढी आएपछि थप डर र त्रास उत्पन्न भएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटभन्दा निकै माथि रहेको धुञ्चेका बासिन्दासमेत माथिल्लो क्षेत्रमा रहेको अस्पताल परिसर तथा खेलमैदानमा एकीकृत भएर बसेका थिए । अहिले नदीमा पानीको बहाव घट्न थालेपछि स्थानीयवासी आ–आफ्नो घरतर्फ फर्किन थालेका छन् । बाढी आएको जानकारी पाएलगत्तै छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरिएको…
झापा, १४ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका बेपत्ता भएका १६७ जनामध्ये हालसम्म १४५ जना अझै सम्पर्कविहीन रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार कुल १६७ जनामध्ये २१ जना मात्र सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये २ जनाको उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा भेटिएका छन् । बाढीका कारण इलाम घर भएका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीबाट सबैभन्दा बढी सोलुखुम्बुका नागरिकहरू प्रभावित भएका छन् । सोलुका कुल ४२ जनामध्ये ३९ जना अझै सम्पर्कविहीन छन् । यस्तै, उदयपुरका १६, मोरङका १६ र सुनसरीका १६ जना अझै सम्पर्कमा…
बिर्तामोड, १४ भदौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ लाख सहयोग गर्ने भएको छ । सहारा नेपाल साकोसले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको हो । साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार ‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैँका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।
मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । स्वस्थकर खाना – जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ । गीतसंगीत – बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न…
कन्नड सुपरस्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ को ओटीटी अधिकार २३५ करोड भारुमा बिक्री भएको खबर सार्वजनिक भएको छ। गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्म अगस्टमा विश्वभरका सिनेमाघरमा रिलिज भएको थियो। रिलिजको पहिलो दिनमै फिल्मले १०० करोड भारुको आँकडा पार गरेको दाबी गरिएको छ। यद्यपि, व्यावसायिक रूपमा राम्रो सुरुवात गरेको फिल्मले समीक्षक तथा दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मको ओटीटी अधिकार जी५ ले २३५ करोड भारुमा खरिद गरेको बताइएको छ। सामान्यतया ठूला फिल्महरूको ओटीटी सम्झौता थिएटर रिलिजअघि नै हुने भए पनि ‘टक्सिक’का निर्माताले यससम्बन्धी जानकारी गोप्य राखेका थिए। फिल्मको ओटीटी रिलिज मिति भने अहिलेसम्म…
काठमाडौँ, १३ भदौ । नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेको हो । सम्भवतः उनीहरू आजै नेपाल आइपुग्ने र भोलिदेखि काममा लाग्ने बताइएको छ । बाहिर जोखिममा रहेकाहरूलाई उद्धार गर्ने काम भइरहेको छ । तर विभिन्न टनेलहरूमा फसेकाहरूलाई नेपालको जनशक्तिले मात्र नभ्याउने भएपछि नेपालले भारत तथा चीनबाट दक्ष जनशक्ति माग गरेको थियो । भारतले आवश्यक ११ जनाको टोली हिजै पठाइसकेको छ । उनीहरू उद्धार कार्यमा लागिसकेका छन् । चीनबाट पनि दुई वटा टोली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–तिब्बत…
काठमाण्डौ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाण्डौ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ । उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।…
खोटाङ, १३ भदौ । कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु भएको छ । कुटपिटबाट केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको हो । पर्यटकीय एवं धार्मिकस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको बिहीबार राति कुटपिटबाट मृत्यु भएको खबर आएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताउनुभयो । लगातार तीन दिन विद्यालय बिदा भएपछि संखुवासभा पुगेर फर्किने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिड्नुभएको थियो । जनैपूर्णिमा एवं ऋषितर्पणीको अवसरमा शुक्रबार सालपा पोखरीमा लाग्ने मेला भर्नको लागि सोही क्षेत्रमा बस्नुभएका राईको राति करिब १२ बजे कुटपिटबाट मृत्यु भएको खबर आएको प्रधानाध्यापक चन्द्रले बताउनुभयो । घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको…