jhapaonline add

रसुवा, १७ भदौ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ११४ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना बेपत्ता छन्। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Read More

झापा, १७ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कोशी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज…

Read More

झापा, १६ भदौ । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन्। उनका अनुसार सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९…

Read More

झापा, १६ भदौ । संखुवासभामा सञ्चालित दुई ठूला बहुवर्षीय सडक आयोजना वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रूपमा प्रस्तुत भएको छ। निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले तोकिएको समयसीमाभित्र ठोस प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ। मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले आयोजनाहरूलाई ‘क्रोनिक’को संज्ञा दिँदै अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभयो। उहाँले कानुन र सम्झौताअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “कानुनी राज्यमा निर्माण व्यवसायीले कानुन र सम्झौताअनुसार काम गर्नुपर्छ। काम रोक्ने र म्याद मात्र थप्ने प्रवृत्तिले…

Read More

नेपालगन्ज, १६ भदौ । बाँकेस्थित नेपाल भारत नाकाको नेपालगन्ज रोडबाट सिधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा सुरु भएको छ । सोमबारबाट सुुरु गरिएको सो रेल सेवाले नेपाल र भारतबिच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापार व्यवसायको पनि नयाँ ढोका खुल्ने जनाइएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी बैष्णवले संयुक्त रुपमा सो रेल सेवाको उद्घाटन गर्नुभएको हो । लामो समयको प्रतिक्षापछि सञ्चालमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या, गोरखपुर र बनारसम्म जाने नेपाली तिर्थयात्रुसंगै ती स्थानबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रुलाई…

Read More

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन्। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको खुलेको छ। उनलाई गत भदौ ११…

Read More

झापा, १६ भखौ । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् । सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट रु ६० हजार, गाउँपालिकाका कर्मचारीबाट रु सात लाख ३८ हजार ६७९ र…

Read More

विराटनगर, १६ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १९३ जनामध्ये हालसम्म पाँच जनाको जीवित उद्धार गरिएको र २७ जना परिवारको सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीबाट प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको संख्या सबैभन्दा बढी छ । कार्यालयले उपलब्ध गराएको…

Read More

काठमाण्डौ, १६ भदौ । लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टोलीबाट ७ जना खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पीसीबीले मोहम्मद रिजवान, इमाम–उल–हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट हटाइएको जनाएको छ । यी ७ खेलाडीको सट्टामा साइम अय्युब, अब्दुल्लाह फजल, अराफत मिन्हास, इमरान जुनियर, साद बेग, इमरान रन्धावा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ । पीसीबीका अनुसार यी ७ खेलाडी तेस्रो टेस्टअघि पाकिस्तानको टोलीमा सामेल हुनेछन् । यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले पदबाट राजीनामा दिने पनि जनाएको छ…

Read More

भद्रपुर, १६ भदौ । झापा जिल्लाको सदरमुकाम नगरमा ऐतिहासिक भद्रपुर पुस्तकालय पुनः सक्रिय भएपछि दुई पुस्ताका स्रष्टाका कृति एकै समारोहमा सार्वजनिक गरिएको छ । भद्रपुर पुस्तकालयद्वारा आयोजित एक समारोहका बीच लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवयित्री सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ को लोकार्पण गरिएको हो । यही भदौ १३ गते चन्द्रगढीस्थित वीरेन्द्र मावि.को सभाकक्षमा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि र कार्यक्रमका सभापति भद्रपुर पुस्तकालयका अध्यक्ष चिन्तामणि दाहाल, विशिष्ट अतिथि समालोचक कविराज न्यौपाने, वरिष्ठ सञ्चारकर्मी एवम् गीतकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, स्रष्टा लताका माता–पिता र सासू–ससुराबाट कृतिको लोकार्पण गरिएको थियो । गजलकार केशव आचार्य, समालोचक डा.…

Read More