
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, ११ कात्तिक । इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढ्दै गएको छ। भारत, चीन, फ्रान्सलगायत विभिन्न देशहरूबाट माग आउने गरेको भए पनि यस वर्ष उत्पादनमा कमी भएको चिया व्यवसायीहरू बताउँछन्। इलाम नगरपालिका–५ बिब्ल्याँटे निवासी चिया व्यवसायी शरद सुब्बाका अनुसार विदेशी व्यापारीले यस वर्ष दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका थिए। तर उत्पादनमा कमीका कारण एक हजार पाँच सय किलो मात्र निर्यात गर्न सम्भव भएको उनले जनाएका छन्। फिक्कलस्थित सिद्धिविनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवालले गुणस्तरीय चिया उत्पादनमा जोड दिँदै किसान र व्यवसायी मिलेर चिया गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको…
कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी वडास्तरीय फुटबल प्रतियोगिमा शनिबार भएको २ खेलमा वडा नम्बर ९ र ८ दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १ लाई सडेन डेटमा हराउँदै विजयी बनेको हो । खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसकेपछि भएको पेलान्ती प्रहारमा समेत दुवै टिमको बराबरी गोल भएको थियो । दुवै टीमका ४–४ खेलाडीको बल गोलमा परिणत हुँदा १÷१ खेलाडीको प्रहार गोल किपरले रोकेका थिए । त्यसपछि खेलको छिनोफानो सडनडेटबाट भएको थियो । जसमा वडानम्बर १ का खेलाडीको प्रहार ९ का गोलकिप्परले रोकेसगै…
भद्रपुर, ११ कात्तिक । सडक ठेक्कामा लिएर अलपत्र पार्ने ठेकेदारलाई काम छोड्ने या समयमा सम्पन्न गर्ने विकल्प रोज्न कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले अभियान सञ्चालन गरेको छ । अलपत्र सडकको स्थलगत अनुगमन गर्दै मन्त्री सहित विज्ञ टोलीले कालो सूचिमा परेका निर्माण कम्पनीका ठेकेदारलाई छिटो काम गर्ने कि काम छोडेर मार्ग प्रसस्त गर्ने भन्दै कारवाही प्रकृया थालेको हो । अभियान अन्र्तगत भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायत मन्त्रालयका सचिव, प्रमुख इञ्जिनियरको टोलीले सुनसरी जिल्ला अन्र्तगत धरान १५ को निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे कन्या पोखरीबाट धरान १, ५, ४ जोड्ने सडकको स्थलगत अनुगमन गरी ठेकेदारसित काम गर्ने कि…
भद्रपुर, ११ कात्तिक । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री एकराज कार्काीको प्रमुख आतिथ्यमा जग्गादाता सम्मान लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो । गायक अर्जुन खरेलले राष्ट्रभक्ति गीत गायन गरेको कार्यक्रममा समाजको भवन निर्माणका लागि जग्गा दान दिने अम्बरबहादुर कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले समाजलाइृ सही गतिमा लैजान सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले विधि र प्रकृया नमान्ने अराजक…
झापा, १० कात्तिक । आर्थिक पत्रकार समाज (सेजन) को आयोजना शुक्रबारदेखि धनुषाको लालगढमा शुरु भएको दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ । हरित, उत्थानशील र समोवशी विकास (ग्रीड) विषयक कार्यशालामा मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी थिए । ग्रीडको विषयमा सञ्चारकर्मीलाई प्रशिक्षित गराएर सोको क्षेत्रमा कलम चलाउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको सेजन अध्यक्ष सुजन ओलीले जानकारी दिनुभयो । कार्यशालामा ग्रीडको अवधारणा र रणनीतिक योजनाका बारेमा मुख्य कर अधिकृति मुक्तिराम आचार्यले प्रष्ट पार्नुभएको थियो । उहाँले ग्रीडका १० वटा रणनीति कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । सरकारले रणनीतिक कार्ययोजना २०२४–२०३४ तयार भइएर छलफल भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, पत्रकारिताको…
झापा, १० कात्तिक । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ । यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात्…
झापा, १० कात्तिक । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भईहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका…
बिर्तामोड, १० कात्तिक । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो पैनीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड–६ बुट्टाबारीकी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
झापा, १० कात्तिक । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो । अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु…
झापा, १० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ…