
कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी वडास्तरीय फुटबल प्रतियोगिमा शनिबार भएको २ खेलमा वडा नम्बर ९ र ८ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १ लाई सडेन डेटमा हराउँदै विजयी बनेको हो । खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसकेपछि भएको पेलान्ती प्रहारमा समेत दुवै टिमको बराबरी गोल भएको थियो । दुवै टीमका ४–४ खेलाडीको बल गोलमा परिणत हुँदा १÷१ खेलाडीको प्रहार गोल किपरले रोकेका थिए ।
त्यसपछि खेलको छिनोफानो सडनडेटबाट भएको थियो । जसमा वडानम्बर १ का खेलाडीको प्रहार ९ का गोलकिप्परले रोकेसगै ९ नम्बर बिजयी भएको हो । उक्त गोल रोक्ने कनकाई ९ का गोलकिप्पर कृष्ण नेपाली म्यान अफ दी म्याच हुनुभएको छ । उहाँलाई आयोजक समितिका ख्याम ओली र आशिस संग्रौलाले नगद १५ सय र ट्रफी प्रदान गर्नुभयो ।
शनिबार नै भएको दोस्रो खेलमा कनकाई ८ बिजयी भएको छ । कनकाई ८ ले कनकाई ४ लाई १—० गोल अन्तरले हराउँदै ८ नम्बर बिजयी भएको हो । वडानम्बर ८ का तर्फबाट खेलको ४७ मिनेटमा ओमन लिम्बुले गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाएका हुन । आजको दोस्रो खेलको म्यान अफ दी म्याच बिजयी टिम कनकाई ८ का टिम क्याप्टेन अभिसेक राई हुनुभयो । उहाँले नगद १५ सय रुपैँया प्राप्त गर्नुभयो ।
आज २ खेल हुने आयोजक समितिका खेल संयोजक दिपेन ओलीले बताउनुभयो । जसमा पहिलो खेल वडानम्बर ३ र ६ को खेल दिउसो १ बजे र दोस्रो खेल कनकाई ५ र २ बिच हुने छ ।
यहाँस्थित होटल डिलाईट र अमेरिकास्थित पुर्व आर्मी आशिस संग्रौलाको आयोजनामा कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबलको आयोजना भइरहेको छ । कात्तिक १४ गतेसम्म चल्ने दसैतिहार कप नकआउँट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने छ ।
प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वार्डका ९ टिम र कनकाई भेट्रान्सको एक टिमले भाग लिने छ ।
प्रतियोगिता सञ्चालनका लागि होटल डिलाईट, अमेरिकन पुर्व आर्मी आशिस संग्रौला, बद्री संग्रौला, आकाश संग्रौला, नविन सुवेदी, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य, संदिप बास्तोला, रोट्राक क्लव अफ वालकुमारीकी उपाध्यक्ष वेविशा दवाडीको आर्थिक रहयोग रहेको प्रतियोगिता संयोजक दिपेन ओलीले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब साढे ६ लाख रुपैँया लागत लाग्ने बताइएको छ ।


