
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
विराटनगर, २३ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो । उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई…
मुग्लिन, (चितवन)२२ वैशााख । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ । परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य…
काठमाडौं, २२ वैशाख । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । अन्तिम १२ बलमा जित्नलाई २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट…
एजेन्सी, २१ वैशाख । १. ब्यक्तिगत सम्बन्ध – तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २.मनोरञ्जनलाई समय दिनुस् – आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी – आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ । ४. सामूदायिक क्रियाकलाप – सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ ।…
काठमाडौं, २१ वैशाख । भारतीय सञ्चारमाध्यमको पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने नेटफ्लिक्सले ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’को पाँचौं एपिसोडपछि यसलाई बन्द गर्ने निर्णय गरेको छ । नेटफ्लिक्सले पहिलो एपिसोड प्रसारण भएको पाँच हप्ताभित्र शो अन्त्य गर्ने निर्णय गरेको विवरणमा उल्लेख छ । ओटीटी स्रोतका अनुसार यसको अन्तिम एपिसोड छायांकन भइसकेको छ, त्यसपछि मात्र शोको सेट हटाउने काम सुरु भएको छ । शोका लागि कपिल शर्माले प्रति शो करिब ५ करोड भारु पारिश्रमिक लिएको स्रोतले खुलासा गरेको छ । शोमा सबैभन्दा बढी प्रशंसा पाएका अभिनेता सुनिल ग्रोवरले प्रति एपिसोड २५ लाख मात्रै पाएका छन् । नेटफ्लिक्सले कति पैसा बाँडेको…
एजेन्सी, २१ वैशाख । वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ । ‘एन्टी करप्शन कोड’ उल्लङ्घनमा दोषी पाएपछि डेभन थोमसलाई आईसीसीले प्रतिबन्ध लगाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । अब पाँच वर्षसम्मका लागि उनले कुनै पनि प्रकारको क्रिकेटमा सहभागी हुन पाउने छैनन् । डेभन थोमसले श्रीलङ्का क्रिकेट, एमिरेट्स क्रिकेट बोर्ड र क्यारेबियन प्रिमियर लिगको ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको सात आरोप स्वीकार गरेका खबरमा उल्लेख छ । गएको वर्ष नै आईसीसीले ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको भन्दै थोमसलाई निलम्बन गरेको थियो । सन् २००९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका…
एजेन्सी, २१ वैशाख । ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भएका तथा राज्यका कम्तीमा पाँच लाख जना मानिस स्वच्छ पानी र बिजुलीको प्रयोगबाट वञ्चित बनेका खबरमा उल्लेख छ । भत्किएको बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोनकेल्भ्स शहरको बीचमा रहेको छ । यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा केन्द्र…
काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपांगता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए। “सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री दाहालले भने, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइँदैछ।” नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख…
लुम्बिनी, २१ वैशाख । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले जानकारी दिए । विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए । बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल,…
काठमाडौं, २१ वैशााख । चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका–५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जिवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३.००४ प २९१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापाको बिर्तामोड नगरपालिका–६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका(७ घर बताउने २२…