jhapaonline add

कनकाई, २७ पुस । झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वानसहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा उपप्रमुख आशा शिवाकोटीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा उपप्रमुख शिवाकोटीले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आजको सन्दर्भमा एकता र सहकार्यको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो । उहाँले पृथ्वी जयन्तीलाई केवल स्मरण मात्र नभई राष्ट्र निर्माणको प्रेरणा लिने…

Read More

चितवन, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट झन्डै दुई सय मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयवासीले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उहाँका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति…

Read More

स्याङ्जा, २७ पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । “गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ”, उनले भने, “जनसङ्ख्याको घट्दो दरलाई रोक्न, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिन तथा दीघकालीन जनसङ्ख्या सन्तुलनमा राख्न र पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यसहित अगाडि बढेका हौँ…

Read More

झापा, २७ पुस । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ रहेको थियो ।

Read More

झापा, २७ पुस । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रदाञ्जली व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन् । पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्रो संस्करणको इन्डियन आइडलको उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए । नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए । कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले…

Read More

झापा, २७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको…

Read More

काठमाडौं, २७ पुस । प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।” उहाँका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ ।

Read More

झापा, २७ पुस । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा…

Read More

झापा, २७ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी…

Read More

झापा, २६ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२ बेल्टार निवासी रमेश खनाललाई आज चितुवाले आक्रमण गरी घाइते बनाएको छ। मकैबारीमा काम गरिरहेका खनालमाथि मकैबारीमै लुकेर बसेको चितुवाले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार उक्त चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो थियो । घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको छ। खनालले प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोलातर्फ भागेको जनाइएको छ । दिनदहाडै जङ्गली जनावर गाउँमा पसेर आक्रमण गर्ने घटना बढ्दै गएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

Read More